coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सम्पत्तिको लोभमा भाइको हत्या

बुटवल – सम्पत्तिको लोभमा रुपन्देहीमा दाजुले भाइको हत्या गरेको खुलेको छ। जेष्ठ २१ गते आफ्नै घरको कोठामा हत्या गरेको अवस्थामाा फेला परेका सिद्धार्थनगर नगरपालिका ८ अंचलपुरका सतिश सहानीलाइ उनकै दाजुले अशंको लोभमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। मृत्तकको शरिरभरी प्लाष्टिकको डोरीले बाँधेको र घाँटी कसेको अवस्थामा कोठामा शव फेला परेको थियो। 

कोठाको ढोकालाइ भित्रबाटै डोरीले बाँधेर बन्द अवस्थामा छोडिएको र अपराधिले बाहिर निस्कन झ्यालको प्रयोग गरेको देखेपछि प्रहरीले घटनामा आफन्तकै संलग्नताको आशंका गरेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्लीनारायण पाण्डेले २२ वर्षीय सतिशलाइ उनकै सौतेलो जेठा दाजु संजय मल्लाह साहानीले घाँटी थिचेर हत्या गरेको जानकारी दिए। भाइको हत्याकालागि संजयले केही दिन अघिनै निन्द्रा लाग्ने औषधी किनेर ल्याएको र योजनाबद्ध ढंगबाट हत्या गरेको अनुशन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक पाण्डेले बताए। 

भैरहवा क्याम्पसमा बिएमा अध्ययरत भाइ सतिशलाइ संजयले जेठ २० गते राती सुत्न जानु अघि दुधमा निन्द्रा लाग्ने औषधी मिसाएर खुवाएको र भाइ निन्द्राले लठ्ठीएपछि डोरीले हात खुट्टा बाँधी गम्छाले घाँटी कसेर मारेको प्रहरीले जनाएको छ। अभियुक्तले भाइको हत्यापछि कोठाको ढोका भित्रैबाट बन्द गरी झ्यालबाट बाहिर निस्केर आफ्नो कोठामाा गइ सुतेका थिए।

मृत्तकका बुवा आमा बिद्युत प्राधिकरणको जागीरका लागि कपिलबस्तुको चन्द्रौटामा बस्छन।  भैरहवास्थित घरमा जेठी आमा र दुई दाजुका परिवारसंगै रहेको प्रहरीले जनाएको छ । घटनामा परिवारका अन्य सदस्यको संलग्नता भने खुलीनसकेको र अनुशन्धान जारी रहेको डिएसपी पाण्डेले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७५ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App