coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

थ्री स्टारसँग मनाङ पराजित

काठमाडौं – चिर परिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै यसै संस्करणमा सहभागिता जनाएको थ्री स्टारले मंगलबार ललित स्मृति यु–१८ फुटबलमा विजयी सुरुआत गरेको छ।

पहिलो खेलमा नै कठिन प्रतिद्वन्द्वी मनाङलाई पराजित गर्न थ्री स्टार टीकाराज गुरुङले निर्णायक गोल गरेका थिए । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भएको खेलमा थ्री स्टारका गुरुङले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए।

निकै प्रतिस्पर्धात्मक दोस्रो हाफमा दुवै टोलीले उत्कृष्ट खेले । जितका लागि संघर्ष गरिरहेको मनाङले दोस्रो हाफमा केही सुन्दर मौका सिर्जना गरे पनि गोल गर्न नसक्दा पहिलो खेलमा नै पराजित हुनुपरेको हो।

यस्तै बुधबार नै सम्पन्न अर्को खेलमा समूह ‘डी’ को फ्रेन्ड्स क्लबले सुदूरपश्चिमको टोलीलाई १–० गोलले पराजित गर्दै ललित स्मृति यु–१८ फुटबल विजयी सुरुआत गर्याे । पहिलो खेलमा सुखद नतिजा हात पार्न फ्रेन्ड्सका लागि सन्देश न्यौपानले खेलको १०आैं मिनेटमा गोल गरेका थिए । उक्त गोल फ्रेन्ड्सका लागि निर्णायक बन्यो।

दोस्रो हाफमा मध्यम खेल पस्किएको सुदूरपश्चिमले १–० को स्थितिलाई उल्टाउन संघर्ष गरे पनि गोल फर्काउन भने सकेन र पहिलो खेलमा नै पराजय भोग्न बाध्य बन्यो । खेलको अन्त्यतिर केही आक्रामक देखिएको सुदूरपश्चिमले केही सुन्दर मौका सिर्जना गरे पनि अग्रपंक्तिका खेलाडीले सही सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको हो।

काठमाडौंका १२ तथा मोफसलका ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा बिहीबार समूह ‘डी’ का दुई खेल हुनेछन् । पहिलो खेलमा लुम्बिनीले विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्नेछ भने दोस्रो खेल सरस्वती र नवप्रवेशी न्युरोड टिम (एनआरटी) बीच हुनेछ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App