५ वैशाख २०८१ बुधबार
विचार

नेताजी ! हाम्रो फुटपाथ जिन्दावाद

काठमाडौँ उपत्यकाभित्र फुटपाथ अथवा यात्रु हिँड्ने सडकको पेटी विरलै देखिन्छ । काठमाडौँ सहरभित्र केही ठाउँहरूका सडकहरूमा भने फुटपाथहरू देखिन्छन् तर दुईचार ठाउँका सडकहरूमा बाहेक अन्य सडकहरूका फुटपाथहरूलाई फुटपाथ कसरी भन्ने ? फुटपाथ भन्न त्यहाँ यात्रु हिँड्ने बाटो पनि त हुनुप¥यो ?
एक दिन यसो म्युजियम मार्ग छाउनीदेखि त्रिपुरेश्वरसम्म जाने काम प¥यो । मौसम राम्रै भएको हुनाले बिस्तारै हिँडेर जानुप¥यो भनी घरबाहिर सडकमा आर्लें । म्युजियम मार्गदेखि ताहाचल क्याम्पस र ताहाचल क्याम्पसदेखि विष्णुमतीको पुलसम्म फुटपाथ भनेकै छैन । यदाकदा एकदुई घरधनीहरूले आ–आफ्नो घरको भुइँ तल्लाको सटरमा किनमेल गर्न आउनेहरूको सजिलोका लागि भनेर आ–आफ्नो घर अगाडि पेटी बनाइदिएका रहेछन् । त्यही पेटी पेटीबाटहिँडी म विष्णुमतीको पुलनिर आइपुगेँ । यहाँसम्म आइपुग्दा पनि प्रायःजसो घरहरूको कौसीबाट भाँडाकुँडा माझेको फोहोर पानी, लुगा धोएको फोहोर पानीलाई पोलिथिन पाइपको माध्यमद्वारा सडकछेउ पेटीमा नै खसालिराखेको देखेँ । बाटोमा जताततै फोहोर पानी । त्यसमा पनि पसलेहरूले धेरै ठाउँमा आ–आफ्ना सामान, तरकारीहरू राख्ने गरेको पाए । ती पसले तथा चमेना गृहवालाहरूले त फुटपाथलाई नै आआफ्नो फोहोर फाल्ने रछ्यान नै बनाएका रहेछन् ।
बाटो हिँड्न साह्रै मुस्किल भयो । चारैतिरबाट मोटरसाइकल हुइँकेर आइरहेका छन् । मोटर, बस पनि त्यतिकै छन् । पैदल हिँड्नेहरूको भीडपनि कम छैन । विष्णुमतीको पुलबाट टंकेश्वरसम्म ठूलो नयाँ सडक भर्खरै तयार भई चालु भइसकेको थियो । यो बाटोमा विष्णुमतीतर्फको किनारमा चाहिँ चौडापेटी बनाइदिएको रहेछ । तर यहाँ पनि त्यही बिजोग देखेँ । यो फुटपाथमा पनि नांग्ले पसले, कुखुरा व्यापारी र जुत्ता सिउनेदेखि तरकारी पसलेहरूले समेत ठाउँ ओगटिसकेका ।
अब टंकेश्वरको बाटोदेखि कालिमाटीको बाटोतर्फ लाग्दै थिएँ । यो सडक खण्डमा कुनै जमानामा ढल छोपी फुटपाथ बनाएको रहेछ । तर हाल यी कुनैपनि राम्रो अवस्थामा छैनन् । जतासुकै प्वाल नै प्वाल । र, ढल टाढै गनाउने गरी फोहोरै फोहोर । नाक नथुनी हिँड्न नै मुस्किल । त्यसमाथि पनि हलाहल गरेका खसी बोकाहरू सडकको पेटी सबै ढाक्ने गरी झुन्ड्याइराखेका रहेछन् । शाकाहारी मानिसहरूले यो बाटो हिँड्न निकै ठूलो साहस बटुल्नुपर्दो रहेछ । यो सडक खण्डमा भएको सडकपेटी सबै नै बगरेहरूले आ–आफ्नो किसिमबाट उपभोग गरिराखेको देखेँ । बटुवा, गाडी, मोटरसाइकल, भरिया र टेम्पो सबैलाई त्यो साँघुरो बाटोबाट नै ओहोरदोहोर गर्नुपर्ने बाध्यता । अझ त्यसमाथि पनि मोटरसाइकल पार्किङ गर्नेहरूका लागि हाम्रो फुटपाथभन्दा राम्रो र सजिलो ठाउँ अन्त कतै रहेनछ । ट्राफिकजाम होस्, बटुवाहरूलाई हिँड्न मुस्किल र अफ्ठेरो किन नहोस् उनीहरूलाई कुनै मतलब छैन । हुरुरु आयो मोटरसाइकल पार्क ग¥यो गयो । वाह क्या मज्जा !
म बल्लतल्ल पुरानो राजा महेन्द्रको सालिक तर हाल कवि चित्तधर ‘हृदय’को सालिकको देब्रेपट्टिको सडकमा आइपुगेँ । अब यहाँबाट भने राम्रो पेटी भएको बाटो सुुरु भयो भने ढुक्क भई लामो सन्तोषको श्वास लिई हिँड्दै अगाडि लागेँ । तर यहाँको सडकपटी पनि निकै बिग्रेको अवस्थामा पाएँ । सडक पेटीमा जतासुकै हार्डवेयरका समान आधा पेटी नै ढाक्ने गरी राखेको देखेँ । करिब ११ बजेको थियो । मोटरसाइकलहरू ट्राफिकको आँखा छली सडकपेटीबाट नै हुइँकेर आइरहेको देखेँ । पेटीबाटहिँड्दा पनि ज्यानै बचाउन मुस्किल । यहाँ पनि घरधनीहरूले आ–आफ्ना घर कौसीका ढलहरू सडकमा नै बगाउने गरेको देखेँ । केही पेटीहरूमा घरधनीहरूले सिमेन्ट प्लास्टर गरी चिफ्स घोटेर बाटो राम्रो बनाएका रहेछन् । त्यो एक किसिमले राम्रो भएतापनि त्यसमा चिप्लेर लड्ने धेरै सम्भावना देखेँ । एवं रितले म बल्लतल्ल त्रिपुरेश्वरमा राजा त्रिभुवनको सालिकनिर आइपुगँे र त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागेँ ।
यस्तो रहेछ, हाम्रो फुटपाथ । हाम्रो फुटपाथको यो मेरो छोटो गन्थन केहीलाई मन नपरेपनि यो हाम्रो फुटपाथको वास्तविकता हो । सत्यतथ्य हो । मैले यहाँ केही बढाइ–चढाइ, तल–माथि, गफ–गाफ, थप–थापगरेको छैन । मेरो कुरा पत्याउनुभएन भने अनुभवका लागि तपाईंहरूले एक पटक त्यो बाटो गई हेर्नुस् ।
जुनसुकै देशमापनि सरकारले सडक बनाउँदा वा सडक भएको ठाउँमा सानो–ठूलो जस्तो भएपनि बटुवाको सुविधाका लागि हिँड्न फुटपाथ बनाइदिएको हुन्छ र यो बनाइदिनु पनि पर्छ । बाटोमा निर्धक्कसँग स्वतन्त्रताकासाथ हिँड्न पाउनु जोसुकै नागरिकको पनि मूलभूत अधिकारभित्र पर्छ । नब्बे प्रतिशत पैदल यात्रु हिँड्नुपर्ने हाम्रा यी फुटपाथहरूको बिजोग मैलेमात्र देखेको र भोगेको होइन । तपार्इंहरू सबैले पनि देखेको र भोगेकै होला । तर मैले आज सहनै नसकिएर यो सानो जिज्ञासा पोखेको छु । सम्बन्धित निकाय र अधिकारीहरूले पनि यो मेरो जिज्ञासा जानून् र यसमा आ–आफ्ना तर्फबाट सक्दो सहयोग गरिदिनु होला भन्ने आशा गर्छु । र, ‘हाम्रो फुटपाथ जिन्दावाद’भन्दै सशक्त नागरिक दबाब दिन पनि पछि नपर्न म सबैसित अनुरोध गर्छु ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App