७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– सेयर बजारमा बुधबार सामान्य सुधार आएको छ । नेप्से सूचक बुधबार २.८१ अंकले बढेर १२४२.०७ बिन्दुमा पुगेको छ।

यस दिन कुल एक सय ६२ कम्पनीको २१ करोड ४८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनात्मक कम हो । अघिल्लो दिन मंगलबार ३० करोड २८ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

बुधबार ६ लाख ३५ हजार १० कित्ता सेयर खरिद–बिक्री भएका छन् । उक्त दिन अन्य समूहबाहेक बाँकी सबै समूहका सूचक उकालो लागेका छन् । बिमा समूहको सूचक सबैभन्दा धेरै १८.६६ बिन्दुले उकाले लागेको छ । वाणिज्य बैंक समूह २.४३ बिन्दुले बढेको छ ।
कारोबार रकममा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था अग्रस्थानमा छ । यस कम्पनीको एक करोड ४० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः मेगा बैंक र नेपाल लाइफ इन्योरेन्स परेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App