८ वैशाख २०८१ शनिबार
कला

दाेस्राे संस्करणकाे मिस हेरिटेज क्वीन हुँदै

काठमाडौं– युथ क्रिएसन नेपाल प्रालिले दोस्रो संस्करण मिस हेरिटेज क्वीन नेपाल २०१८ आयोजना गर्ने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी मिस हेरिटेज क्वीन प्रतियोगिताबारे जानकारी दिइयो।

प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको पहिचानसहित महत्वलाई सौन्दर्य प्रतियोगिताबाट चिनारी देखाइने आयोजकले जनाएको छ। प्रतियोगिताका सहभागीलाई सम्पदाको अर्थ र महत्व बुझाउँदै यसको संरक्षण, सम्वर्द्धन एवं प्रबर्द्धनमा सहभागी गराउने उद्देश्य रहेको पनि जानकारी दिइयो। 

प्रतियोगिताका लागि सहभागीहरुलाई ग्रुमिङकै अवधिमा सम्पदा सम्बन्धित सचेतना र प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको स्थलगत भ्रमण सरसफाई आदि जस्ता क्रियाकलापमा सहभागी गराइने सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष रवि लामाले बताए । 

उनका अनुसार विविध समयमा सातै प्रदेशबाट अडिसन गरी सहभागी जुटाइने छ। असार २ बाट सुरु हुने अडिसन साउन १२ गतेसम्म हुनेछ। भदौ २२ गते दरबारमार्गमा ग्राण्ड फिनाल हुनेछ। 

प्रतियोगिताका विजेतालाई स्कुटर, क्राउन र गिप्ट ह्याम्पर, फस्ट रनरअपलाई क्राउन, नगद र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपलाई क्राउन, नगद र गिप्ट ह्याम्पर र १५ विधाका टाइटल पुरस्कार दिइने अध्यक्ष लामाले बताए। 

प्रकाशित: ३० जेष्ठ २०७५ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App