coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वनेताहरुलाइ स्वागत गर्न पाउँदा खुसी छु : पुटीन

रसिया-रसिया विश्वकपमा अमेरिकी राष्ट्रपति सहित विश्वका चर्चीत नेता तथा हस्तीहरुलाइ पाहुनाका रुपमा आमन्त्रीत गरिएको छ।

विहीबार हुने विश्वकप फुटबल उद्घाटनबारे बुधबार जानकारी दिदै क्रेमलिनका प्रवक्ता डिमिट्रि पेस्कोभले विश्वका चर्चीत नेता तथा राष्ट्रप्रमुखहरुलाइ विश्वकप उद्घाटन समारोहमा आमन्त्रीत गर्न पाउँदा राष्ट्रपति भ्लादिमिर पुटीनले खुसी व्यक्त गरेको बताए। पुटीनले उच्च स्तरीय तहमा अमेरिकी राष्ट्रपति ट्रम्पलाइ निम्त्याइएकोमा खुसी व्यक्त गरेका पेस्कोभले बताए।

विश्वकप फुटबल प्रतियोगिता विहीबारदेखी रुसमा सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबीया विच नेपाली समय अनुसार साँझ पौने ९ बजे खेल हुनेछ । विश्वकप रसियाका विभिन्न ११ सहरहरुमा सञ्चालन हुनेछ।  

प्रकाशित: ३० जेष्ठ २०७५ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App