७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न माग गरेका छन्।

संसद बैठकको विशेष समयमा बोल्दै उनले संविधान अनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने व्यवस्था भएकोले त्यसको कार्यान्वयन गर्न माग गरे। उनले सभामुख वा उपसभामुख मध्ये एक जनाले राजीनामा दिएर संविधानको पालना गर्नुपर्ने बताए। उनले सभामुख र उपसभामुख भएपछि दलत्याग हुने भए पनि त्यसलाई दलत्याग नमानिने कानुनी व्यवस्था रहेको समेत बताए।  

तत्कालीन माओवादीबाट सभामुखमा कृष्णबहादुर महरा र तत्कालिन एमालेबाट उपसभामुख शिवमाया तुम्बाहम्फे निर्वाचित भएका थिए। अहिले एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको छ।

नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेकाले सभामुख र उपसभामुख एउटै दलबाट हुनुहुँदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको टिप्पणी गरे। उनले कांग्रेसलाई हारको मानसिकता नदेखाउन समेत आग्रह गरे।

प्रकाशित: ३० जेष्ठ २०७५ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App