४ वैशाख २०८१ मंगलबार
अर्थ

महानगरपालिकाका वडाहरुमा छड्के

वीरगन्ज– चालु आर्थिक वर्षको अन्तिम महिना आउन लाग्दा वीरगन्ज महानगरपालिकाका वडाहरुमा कार्यान्वयन भइरहेको योजनाको नगर कार्यपायिलकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार भुसाल नेतृत्वको टोलीले मंगलबार छड्के अनुगमन गरेको छ । टोलीले महानगरपालिका वडा नम्बर २८, ३०, ३१ र ३२ मा अनुगमन गरेको हो।

वडामा यस आर्थिक वर्षमा सम्पन्न गर्न लागिएको योजनाको अनुगमन गर्दै टोलीले कर्मचारीलाई विभिन्न निर्देशन दिएको छ । ‘खास गरी हामीले कामको गुणस्तर, विधि प्रक्रियाको पालना र आर्थिक सुशासनको दृष्टिकोणले अनुगमन गरेका हौं,’ भुसालले भने, ‘हामीले वडा कार्यालयमै पुगेर भइरहेको कामको प्रक्रियागत कुरा, प्रशासनिक गतिविधि, आर्थिक प्रशासन लगायत कागजात र फाइल हे¥यौं, वडामा खटिनुभएका कर्मचारीलाई आवश्यक निर्देशन र सुझाव दियौं ।’

महानगरपालिकामा पछिल्लोपटक गाभिन आएका वडाहरुबाट महानगरपालिकाको टोलीले यस्तो अनुगमन थालेको हो । प्रमुख प्रशासकीय अधिकृत भुसालसँग कार्यालयका अधिकृत आर्थिक प्रशासन महाशाखाका प्रमुख हरिकिशोर चौरसिया, आन्तरिक लेखापरीक्षक हरिशंकरप्रसाद कुर्मी, योजना महाशाखाका अधिकृत देवेन्द्र चौधरी लगायत थिए । यस क्रममा सम्बन्धित वडाका निर्वाचित जनप्रतिनिधिसँग छलफल गर्दै योजनामा निगरानी गर्न र गुणस्तर कायम गराउन भुसालले आग्रह गरेका थिए ।

 

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App