८ वैशाख २०८१ शनिबार
कला

गर्लफ्रेण्ड कुटेको अभियोगमा अभिनेता पक्राउ

मुम्बई– बलिउड अभिनेता अरमान कोहलीलाई गर्लफ्रेण्ड कुटेको अभियोगमा मुम्बई प्रहरीले पक्राउ गरेको छ। लोनावालस्थित निजी बंगलाबाट उनलाई मंगलबार साँझ गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

अरमानले गएको ५ जुनमा गर्लफ्रेण्ड नीरू रंधावामाथि कुटपिट गरी फरार थिए। उनको प्रहरीले खोजी गरिरहेको थियो। घरबाटै पक्राउ परेका अरमानविरुद्ध प्रहरीले आइपिसीको धारा ३२३, ३२६, ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

खबरअनुसार कुटपिटपछि अरमानले नीरूसँग म्यासेज गरेर माफी मागेका थिए। यहाँसम्मकी प्रहरीको कारवाहीबाट बच्न विहे गर्ने आश्वासन समेत दिएका थिए।

तर, नीरूले सांताक्रुन पुलिस स्टेशनमा मारपिटको अभियोग लगाउँदै उजुरी दिइन्। उजुरीमा अरमानको कुटाईबाट आफू अस्पताल भर्ना हुनुपरेको उल्लेख गरेकी छिन्। प्रहरीसँगको वयानमा उनले आफू अरमानसँग ३ वर्षदेखि रिलेशनमा रहेको खुलाएकी छिन्। 

उनको उजुरीका आधारमा प्रहरीले अरमानविरुद्ध आइपिसी सेक्शन ३२६ अन्तर्गत मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको छ। यदि अरमान दोषी ठहरिए भने ७ वर्षको जेल सजाय हुनसक्छ।

प्रकाशित: २९ जेष्ठ २०७५ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App