"

पोखरामा नाजिरको ‘कुरुप हाँस’

मङ्गलबार, २९ जेठ २०७५, २१ : ३७ नागरिक


काठमाडौं– नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) पोखरामा मञ्चन हुँदैछ। नाटकलाई कलाकार नाजिर हुसेनले परिकल्पनाएवं निर्देशन गरेका हुन्। 

‘कुरुप हाँस’ मञ्चनका लागि टिम पोखरामा छ। डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा ‘अग्लीडकलिङ’ कथामा आधारित नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डलानाटकघरमा मञ्चन भएको थियो। 

नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्नेअपहेलना र विभेद देखाइएको छ। 
घरबाट गाउँ हुँदै सुन्दर तलाउको किनारमा पुगेर कालो रङमै आफ्नो सुन्दरता भेट्ने कुरुप हाँसको कथा भन्नका लागि निर्देशकले कन्टेम्पररी डान्स फर्मको प्रयोग गरेका छन्। नाटकमा संवादको प्रयोग छैन।

कुरुप हाँसका बारेमा नाजिर भन्छन्, ‘यो एउटा बिम्वात्मक कथा र प्रस्तुति हो। कथाको केन्द्रमा हाँस भएपनिहाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रङ् वा जात, धर्म, लिङ्गका आधारमा गरिने विभेद संकेत गर्छ।’ उनले नाटकको कथामा आफू र आफ्ना भोगाइहरु महसुस गरेको बताए। 

‘छालाको रङ, शारीरिक सुगठन, धर्म, जात आदिका कारणले धेरैपटक फरक महसुस गर्नु पर्यो। अरुले कुरुप महसुस गराएको त्यही अनुभूतीलाई सुन्दर बनाएर नाटकमार्फत प्रस्तुत गरेको छु।’ 

महेन्द्रपुल गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नाटक मञ्चन हुनेछ।

सांगीतिक नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजयाकार्कीको अभिनय रहेको छ। 
अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा  प्रकाश सुदिप खतिवडाले र संगीत मिलन कार्कीलेव्यवस्थापन गर्नेछन्।

नाटक असार १ गतेदेखि ३ गतेसम्म दिउसो १ बजे र साँझ ५ः३० बजे नियमित मञ्चन हुनेछ। नाटक हेर्नका लागि टिकट दर विद्यार्थीका लागि २००, जेनेरल ५०० र १००० रुपैयाँ रहेको । 

पोखराका लागि फ्लोरेन्स कार्कीले कार्यक्रम संयोजन गर्दैछिन्। 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...

नेपाली फिल्मको खराब बोहनी

नेपाली फिल्मको खराब बोहनी

अघिल्लो वर्ष थुप्रै फिल्मले निर्माताकोे गोजी भरेका थिए । थुप्रै नयाँ कलाकारले अभिनयमा सम्भावना देखाएका थिए । यही अपेक्षाका साथ...

ग्ल्याममा ओजस्वीराज र सन्ध्या

एसइइको परीक्षा दिएर बसेका विद्यार्थीको प्रतिभा उजागर गर्न राजधानीमा आयोजना गरिएको ‘मिस्टर एन्ड मिस एसइई ग्ल्याम २०१८’ को उपाधि ओजस्वीराज...