७ वैशाख २०८१ शुक्रबार
प्रवास

अमेरिकामा हुने विज्ञ सम्मेलनको तयारी पुरा

लन्डन- गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा दुई दिने विज्ञ सम्मेलन हुने भएको छ। सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको  सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको गैर आवासीय नेपाली संघले जनाएको छ। संघका प्रवक्ता भुषण घिमिरेले एक विज्ञप्ती जारी गर्दै गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन यस्तो प्रयास गरिएको जनाएका छन्।

 गैरआवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न नसिकएको विज्ञप्तीमा उल्लेख छ। यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्न लागेको जनाइएको छ।

 अमेरिकामा हुने विज्ञ सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल  सहभागि हुने एनआरएनले जनाएको छ। यसका साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा एनआरएनले जनाएको छ।

 

प्रकाशित: २९ जेष्ठ २०७५ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App