८ वैशाख २०८१ शनिबार
कला

‘सबैलाई खुशी पार्न छाडिसके’

मुम्बई – मनमा लागेकोे कुरा बोल्ने अभिनेत्रीको छवि बनाएकी छिन् एलियना डिक्रुजले। उनले बेला बेलामा डिप्रेसन र शारीरिक बनोटका बारेमा खुलेर कुरा गर्ने गरेकी छिन्। पछिल्लो समय उनले पहिले जस्तो आफू बाहिरी आवरणको विषयमा चिन्तित नहुने बताएकी छिन्।

‘पहिले हरकोहीलाई इम्प्रेस गर्न सधैं बनिएर हिड्नु पर्छ जस्तो लाग्थ्यो। हरेकले आफ्नो लुगा र तस्बिरको चर्चा गरुन् जस्तो लाग्थ्यो । तर पछि थाहा भएँ, सधैं एकै खालको प्रतिक्रिया पाउन सम्भव छैन । बरु जे छ त्यसमै रमाउने र अघि बढने ,’उनले एक पत्रिकासँगको कुराकानीमा भनेकी छिन्।

एलियनाले आफूलाई पहिले ‘बडी डायस्मोरिक डिसअर्डर’ रहेको र यही कारण आफू डिप्रेसनमा गएको बताएकी थिइन्। ‘बडी डायस्मोरिक डिसअर्डर’ हुँदा मान्छेले आफूलाई कुरुप सम्झन्छ र समाजबाट टाढिँदै जान्छ । झन् आजभोलि एयरपोर्ट र जिम लुकका लागि काम गर्नु पर्ने दबाबका कारण सेलिब्रेटीमा ‘राम्रो देखिनुपर्ने’ दबाब रहेको उनको अनुभव छ।

‘मलाई कहिलेकाहिँ यस्ता तस्बिरले दिक्क बनाउँछन्। कति समय यस्तो हुन्छ तपाईं फोटो खिचाउन चाहानु हुन्न । तर फोटोग्राफरलाई नाइँ भन्न पनि सक्नु हुन्न। अनि तपाईं जति सुकै पर्फेक्ट देखिनुहोस्, मान्छेले कुनै न कुनै खोट निकाल्छ नै ,’ एलियनाको अनुभव छ।

सन् २०१२ मा ‘बर्फी’बाट डेब्यु गरेकी एलियनाले बलिउडमा थोरै फिल्म खेले पनि विविध भूमिकामा अभिनय गरेकी छिन्। यो सबै हेर्दा उनले सजिलै आजको स्थान हात पारेकोे जस्तो लागे पनि एलियना आफूले पर्दा पछाडि धेरै मेहनत गरेको बताउँछिन्। धेरैलाई अर्काले सफलता सजिलै पायो होला भने झैं लाग्छ तर यथार्थ त्यस्तो होइन,’ उनले भनिन्, ‘ पहिलो त म सेलिब्रेटी होइन, म आफूलाई कलाकार भनाउन रुचाउँछु। स्टार भन्ने शब्दले तपाईंलाई बेग्लै स्थानमा पु-याउँछ र मान्छेले तपाईंलाई फरक व्यवहार गर्छन्। तर म अरु जस्तै हो। खाली मेरो फिल्मले मलाई अलग बनाएका हुन् । मान्छेकोे अपेक्षामा बाँच्नु सबैभन्दा ठूलो कुरा हो।’

प्रकाशित: २९ जेष्ठ २०७५ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App