coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छोरीकाे हत्या गरी आमाबावु फरार

रौतहट– रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुरमा एक दम्पत्तीले आफ्नै छोरीको हत्या गरी फरार भएका छन्।

स्थानीय टइट राय यादव र उनकी श्रीमती फुलवति देवी यादवले १३ बर्षिया छोरी उर्मिला कुमारी राय यादवको हत्या गरेका छन्।

बालिकालाई हत्या गरी शव समेत वेपता बनाएको प्रहरीको भनाई छ। बालिका यादवको शवको खोजी र फरार दम्पत्तीको खोजीकार्य प्रहरीले गरिरहेको छ। गत हप्ता नै बालिकाको हत्या भएको स्थानीयको भनाइ छ।

स्थानीयले छोरीलाई दुई तीन दिन गाउँमा नदेखेपछि यादव दम्पत्तीलाई सोधखोज गर्दा फरक फरक जवाफ दिएका थिए। उनीहरुको जवाफ शंकास्पद भएपछि प्रहरीलाई जानकारी गराउँदा दुवै फरार भएका छन्। दम्पत्ती नै फरार भएपछि बालिकाको हत्या भएको सबैले अनुमान गरेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव निरीक्षक सोम बहादुर ठकुरीले बालिका हत्या भएको सुनेर प्रहरी परिचालन गरिएको र घटनाको विषयमा प्रहरीले गहन अनुसन्धान गरिरहेको बताए।

प्रकाशित: २७ जेष्ठ २०७५ १५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App