coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँमै स्वास्थ्य जाँच

शिविरमा स्वास्थ्य परिक्षण गर्न आएका स्थानीय। तस्बिरः नागरिक

बैतडी – स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीयले गाउँमै उपचार गर्न पाएका छन्।

जिल्लाको दोगडाकेदार, पञ्चेश्वर र शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकमा सम्पन्न शिविरमा साढे चार हजार स्थानीयले स्वास्थ्य जाँच गराएका छन्। शिविरमा विभिन्न रोगका बिरामीको चेकजाँच, उपचार र औषधि वितण गरिएको थियो।

गाउँमै विशेषज्ञ डाक्टर बोलाएर स्वास्थ्य चेकजाँच गरेपछि उपचारको लागि अन्यत्र जाने झण्झट हटेको दोगडाकेदारकी दुर्गा साउदले बताइन।  चार वटै स्थानीयतहमा २÷२ सम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४ हजार चार सय ५९ जनाले स्वास्थ्य परीक्षण गराएको  स्वदेशकी कार्यक्रम संयोजक राधिका भट्टले बताइन।

शिविरमा नाक, कान , घाँटी, दन्त सेवा, पाठेघर सम्बन्धि सेवा, समान्य चेकजाँच र परिवार नियोजन सम्बन्धि सेवा दिइएको नेपालगञ्ज मेडिकल कलेजका संयोजक अब्दुल हुसेनले  बताए। स्वास्थ्य परिक्षणमा पाठेघर सम्बन्धि समस्या भएका महिलाका लागि कलेजले शल्यक्रिया गर्न नेपालगञ्जसम्मको बस भाडा, खाने बस्ने र अस्पतालको सम्पूर्ण खर्च व्यहोर्ने गरी शिविर सञ्चालन गरिएको थियो।

विशेषज्ञ डाक्टर गाउँमै आएर सेवा दिँदा उपचार गर्न सहज भएको स्थानीय बताउँछन्। समान्य चेकजाँचको लागि जिल्लाबाहिर जाँदा लाग्ने समय र खर्चकै कारण धेरै बिरामी रोग पालेर बस्न बाध्य भएका छन्।

गाउँमै सम्पूर्ण रोगको चेकजाँच गराउन पाउँदा सर्वसाधारण हर्षित भएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। शिविरमा जिल्ला स्वास्थ्य कार्यालय बैतडी र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका विशेषज्ञ डाक्टरले बिरामीको उपचार गराएका थिए।

प्रकाशित: २७ जेष्ठ २०७५ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App