८ वैशाख २०८१ शनिबार
समाज

गर्मीले रौतहटको जनजीवन प्रभावित

तस्विर: मदन ठाकुर /नागरिक

रौतहट-चर्को घामसँगै एक्कासी बढेको गर्मीले रौतहटको जनजिवन प्रभावित बनेको छ ।

विहान सुर्योदय हुनासाथ चर्किने घामका कारण जिऊ चिलाउने र सन स्ट्रक “लु” लागेर मान्छे वेहोस समेत हुने डरले घर बाहिर निस्कन छाडेका छन्। शनिवार विहान अत्यधिक गर्मीका कारण लु लागेर यमुनामाई गाउपालिका ३ राजपुर तुलसिका ९ बर्षिया संगिता कुमारी वेहोस भएकी छिन्।  अत्यधिक गर्मीको कारण वालिका भुइमा लडेर अचेत भएपछि स्थानीयले वेहोस अवस्थामै उपचारको लागि जिल्ला अस्पताल गौरमा पुर्याएका थिए।

गर्मी याम सुरु भएदेखी नै जिल्ला अस्पताल गौरमा झाडापखाला, ज्वरो डायरिया, सर्पदंश लगायतका विरामीहरु दैनिक २५ देखी ३०  सम्म जिल्ला अस्पताल गौरमा उपचारको लागि आउने गरेको अस्पतालका चिकित्सक श्रीवास्तवले बताए ।
रौतहट लगायत आसपासका जिल्लाहरुमा तापमान एक्कसी बढेर गएको छ । शनिवार रौतहटको तापमान ४० डिग्री सम्म पुगेको छ । सदरमुकाम गौर स्थित बजारमा व्यापार व्यवसाय सञ्चालन गरेर बसेका व्यापारी देखी सर्व साधारण सवैलाई कठिनाई भइरहेको छ। गर्मी बढेपछि दिउँसो बजार क्षेत्रमा चहलपहल कम देखिन थालेको छ भने सरकारी कार्यालयमा पनि तुलनात्मकरुपमा सेवाग्राहीको संख्या पातलिएको छ।

गर्मिका कारण मजदुरहरुको समय तालिका परिवर्तन
अत्यधिक गर्मी बढेपछि रौतहट लगायत तराईका अन्य जिल्लाका मजदुरहरुले आफनो काम गर्ने समय नै परिवर्तन गरेको पाइएको छ। दिउँसो खपिनसक्नु घाम हुने र तातो हावा चल्ने हुनाले श्रमिकहरुले दिनचर्या नै परिवर्तन गरेका हुन्।
घरबाहिर खेतमा काम गर्ने श्रमिकहरु एकाबिहान र साँझतिर मात्र काम गर्न थालेको र दिउँसोको समय गर्मीबाट जोगिन आराम गर्ने गरेको मुन्द्रिका कृषक समुहकी अध्यक्ष सरिता झाले बताइन । दिउँसोको तातो हावा र खपिनसक्नुको घामले लु लाग्ने डर भएको र अन्य रोग समेत लाग्ने डरले श्रमिकहरुले दिनचर्यामा परिवर्तन गरेको झाको भनाइ छ ।
जिललाको कृषि क्षेत्रका साथै इँटा उद्योग, चामल, दाल, चिउरा, तेलजस्ता खाद्य उद्योग, घर निर्माण, पुल तथा सडक निर्माणमा काम गर्ने श्रमिकहरुले आफ्नो काम गर्ने समय परिवर्तन गरेर गर्मीलाई छलेर काम गरिरहेको निर्माण व्यवसायी संघका सदस्य राजेश ठाकुरले बताएका छन् ।  चालीस डिग्रीभन्दा बढी तापक्रम हुने हुँदा अहिले तराईको जनजीवन गर्मीले प्रभावित भएको छ।

प्रकाशित: २६ जेष्ठ २०७५ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App