coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था निकै गम्भीर

काठमाडौं- बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत्त वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था एकदमै गम्भीर रहेको चिकित्सकहरुले बताएका छन्।

पाँच दिनदेखि कृत्रिम श्वासप्रश्वास (भेन्टिलेटर)मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ। डा. देवकाेटाकाे स्वास्थ्य अवस्थालार्इ थप गम्भिर हुनबाट राेक्न हरसम्भव सबैखाले उपचार भइरहेकाे पनि चिकित्सकहरूले बताएका छन्।

डा. देवकोटाको परिवारका एक सदस्यले मध्यरातमा देवकोटाको स्वास्थ्यलाई लिएर विभिन्न अपवाह फैलिएको र त्यो निराधार भएको बताए।

छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि  देवकाेटा वैशाखकाे दाेस्राे साता नेपाल फर्किएका थिए। त्यसयता उनले अाफ्नै अस्पताल बाँसबारी न्युराे अस्पतालमा उपचार गराइरहेका छन्।

नेपालमा न्युराे सर्जरी विधामा हाल क्रियाशिल अधिकांश चिकित्सक देवकाेटाबाट प्रशिक्षित भएका हुन्। नेपालमै प्रमुख र चर्चित वीर अस्पतालकाे न्युराे सर्जरी विभाग समेत देवकाेटाले स्थापना गरेका हुन्।

प्रकाशित: २६ जेष्ठ २०७५ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App