coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एसएसबीद्वारा नेपाली कुटिए

दार्चुला– दार्चुला सदरमुकाम खलंगाको नेपाल–भारत जोड्ने सीमा नाकामा फेरि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।

नेपाल–भारत जोड्ने दार्चुला र धारचुलाको सीमा पुलको भारतपट्टि एक जना नेपाली मजदुर निर्घात कुटिएका छन् । महाकाली नगरपालिका १ छापरी मलेरा घर भएका ५२ वर्षीय नन्दनराम लोहार भारतीय एसएसबीबाट सीमामा गम्भीर घाइते हुनेगरी कुटिएका हुन्  ।

बुधबार बेलुकी सवा सात बजे धारचुलाबाट मजदुरी गरेर नेपाल आउँदै गरेका लोहार घर फर्किने क्रममा धारचुला पुल घाटको चेक पोष्टमा भारतीय एसएसबीका  हवल्दार इन्द्रसिंह बाट निर्घात कुटिएका हुन् ।
लोहारलाई नेपालका स्थानीयले उद्धार गरि दार्चुला ल्याएका थिए । नेपाल–भारत जोड्ने पुल हरेक दिन बेलुकी सवा सात बजे बन्द हुने गरेको र पुल बन्द भइसकेपछि धारचुलाबाट नेपाल आउने झण्डै ५० बढी स्थानीय धारचुलामा रोकिएका थिए ।

पुल खोल्न माग गर्दा एकाएक एसएसबीका हवल्दार सिंहले लोहारलाई निर्घात कुट्दा पचासबढी नेपाली एसएसबीसामु केही भन्न नसकेर मुखदर्शक बनेका थिए । बन्द भएपश्चात समेत आवश्यकताअनुसार सीमापुल खोल्ने गरिएको भए पनि बुधबार भारतीय सीमा प्रहरीले नेपालीमाथि ज्याजति गरेका हुन् । निर्दोष लुहारलाई बिना कारण भारतीय एसएसबीका हवल्दार सिंहले सबै नेपाली डोट्याललाई एक एक गरेर कुट्ने धम्की दिँदै कुटेको स्थानीय नारा धामीले बताइन् । बिहान बेलुका सामान ओसार–पसार गर्दा पनि एसएसबीले अभद्र व्यवहार गर्दै आएको  स्थानीयले बताएका छन् । गरिब परिवारका लोहारले आफूले केही नबोले पनि बिनाकारण कुटपिट गरेको भन्दै प्रहरीसामु एसएसबीलाई कारबाहीको माग गरेका छन् ।

कुटपिटको बारेमा नेपाल प्रहरीका डिएसपी नवराज अधिकारी र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका डीएसपी अम्बिकाप्रसाद जोशीले भारतीय एसएसबीका कमान्डर जोदसिंहलाई बुधबार राति नै जिल्ला प्रहरी कार्यालय दार्चुलामा बोलाएर घट्नाको कारणबारे सोधपुछ गरेका छन् । अनाहकमै नेपालीलाई सीमामा कुटपिटको कारण के हो ? सशस्त्र प्रहरीका डीएसपी जोशीले भने, ‘यस्ता घट्नाले सीमा क्षेत्रमा सम्बन्ध बिग्रने भन्दै यसतर्फ सचेत हुन भारतीय एसएसबीलाई सुझाएका छन् ।’

जिल्ला प्रहरी प्रमुख डीएसपी अधिकारीले सीमामा प्रहरीले अनुशासित भएर बस्नुपर्ने बताए । नेपाल र भारतका जनता जो कुटिए पनि सह्य नहुने र ड्युटीमा बसेका एसएसबीलाई सामान्य नागरिकलाई कुटपिट गर्दा यसको असर नराम्रो हुनेतर्फ उनले सचेत गराएका छन् ।

भारतीय एसएसबीका इन्सपेक्टर सिंहले गल्ती गर्ने हवल्दारलाई घट्नाबारे बुझेर कानुनी कारबाही गर्ने  प्रतिक्रिय दिएको प्रहरी स्रोतले जनाएको छन् । यसैबीच घट्नामा पीडित लोहारको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । उनको अनुहार र टाउँकोमा  गम्भीर चोट लागेको छ ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App