१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

वैज्ञानिकले यम ग्रहबारे गरेको अनुमान असत्य

काठमाडौ‌- वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ। 

नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले बुधबार यहाँ आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो। यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थियो। 

हेन्द्रीलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले प्रश्न सोधेका थिए। सन् २०१५ मा यमग्रह पुगेको अन्तरिक्षयान हाल त्यहाँबाट क्षुद्रग्रह र पुच्छ«ेतारातिर अघि बढेको छ। यानमा सन् २०४० सम्मलाई पुग्ने ब्याट्री रहेको जनाइएको छ। 

यमग्रहमा मिथेन ग्यास र ज्वालामुखी विष्फोट भइरहेको तस्वीर पनि यानले खिंचेर नासामा पठाएको थियो। हेन्द्री नासाको न्यू होराइजन मिशन र यान बनाउने काममा समेत संलग्न छन्। यमग्रह हो वा होइन भन्नेमा अहिले पनि विवाद छ। उनले भने यमलाई ग्रह नै हो भनी ठोकुवा गरेका छन्। रासस

प्रकाशित: २३ जेष्ठ २०७५ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App