७ वैशाख २०८१ शुक्रबार
समाज

हलेसीमा पहिलोपटक प्रहरी निरीक्षक

खोटाङ– खोटाङको ईलाका प्रहरी कार्यालय हलेसीमा पहिलोपल्ट प्रहरी निरीक्षक खटिएका छन्। स्तरोन्नती भएको तीन वर्षपछि मात्र हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको उपस्थिति भएको हो।

प्रहरी निरीक्षकको दरबन्दी भए पनि हालसम्म प्रहरी नायब निरीक्षकको भरमा सञ्चालन हुँदै आएको ईलाका प्रहरी कार्यालय हलेसीमा प्रहरी निरीक्षक भुवनबाबु खड्का खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। २०७२ साल कात्तिक १६ गते ईलाका प्रहरी कार्यालयमा स्तरोन्नती भएको हलेसीमा पुगेका प्रहरी निरीक्षक खड्कालाई नगरपालिकाका मेयर इवन राई लगायत नगरबासीले स्वागत गरेका छन्। 

हलेसीमा पुगेका प्रहरी निरीक्षक खड्का समक्ष स्थानीयले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गरेका छन्। २०७४ साल जेठ १६ गते हत्या गरिएकी बिश्वकर्माको हत्यामा संलग्न दोषी हालसम्म पत्ता लाग्न नसकेको भन्दै नगरबासीले प्रहरी निरिक्षकको ध्यानाकर्षण गराएका हुन्। 

प्रकाशित: २२ जेष्ठ २०७५ १६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App