coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गर्भवतीलाई अस्पताल पुर्याउन हेलीकोप्टर चार्टर

अधिक रक्तश्राव भएकी गर्भवती महिलालाई दिक्तेलबाट हेलीकोप्टरबाट काठमाडौ‌ं पठाइदै। तस्बिर: दमन राई/नागरिक

खोटाङ– अधिक रक्तश्राव भएपछि एक गर्भवतीलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको छ ।  बच्चा जन्मने मिति आउन अगावै अधिक रक्तश्राव भएपछि र स्वास्थ्य खतरामा परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा खिरीकी ३० वर्षीय गर्भवती महिला कुमारी भट्टराई धिमाललाई दुई लाखमा चार्टर गरिएको हेलीकोप्टरबाट मंगलबार साँझ काठमाडौं पठाइएको हो ।

अधिक रक्तश्राव भएपछि जिल्ला अस्पताल दिक्तेलमा मंगलबार बिहान भर्ना भएकी धिमाललाई अस्पतालले अन्यत्र रेफर गरेपछि श्रीएयरलाईन्सको हेलीकोप्टरबाट काठ्माण्डौ पठाइएको आफन्त बिष्णप्रसाद धिमालले बताए । अस्पतालले उनको आगामी असार १८ गते बच्चा जन्मने मिति तोकेको थियो ।

प्रकाशित: २२ जेष्ठ २०७५ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App