८ वैशाख २०८१ शनिबार
शिक्षा

प्राविधिक शिक्षामा क्यानको छात्रवृत्ति

काठमाडौं – कम्प्युटर एसोसियसन नेपाल महासंघले यस वर्षदेखि प्रविधि शिक्षातर्फ छात्रवृत्ति दिने भएको छ। सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस वर्ष ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। ‘नेसनल आइसिटी स्कलरसिप– २०७५’ शीर्षकको छात्रवृतिमा देशभरका सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने व्यवस्था गरिएको छ।

उक्त छात्रवृत्ति प्रत्येक प्रदेशबाट एक जना छात्रालाई पूर्ण र बाँकी ४२ जनालाई आंशिक रूपमा प्रदान गरिनेछ। छात्रवृत्ति सम्बन्धी कार्यक्रममा क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका तर्फबाट अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन्।

फिमेल मेरिट आइसिटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आइसिटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई प्रदान गरिनेछ। सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने छन्।

छात्रवृत्तिप्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा सञ्चालीत लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्र्तगत बिएस्सी आइटीको अध्ययन गर्न पाउने छन्।

मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणितमा ५० प्रतिशत अंक ल्याई सिटिइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने क्यानले जनाएको छ।      

प्रकाशित: २२ जेष्ठ २०७५ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App