coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

काठमाडौं – नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवाका विभिन्न ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराएको हो ।

टेलिकमका अनुसार सिन्धुपाल्चोकका १८७, काभ्रेपलाञ्चोकका २८९, नुवाकोटका १५९ र रसुवाका ४० स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।कम्पनीले उक्त जिल्लाका कुला ४४ सेवा केन्द्रमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याउने तयारी छ । उक्त योजना अनुसार ६ सय ७५ मा सेवा सुरु गरिसकेको छ । ‘उक्त चार जिल्लामा ९० प्रतिशतभन्दा धेरै काम सकिएको छ,’ टेलिकमले भनेको छ, ‘आगामी असार मसान्तसम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको छ ।’

टेलिकमका अनुसार हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउन स्थान अनुसार वाइम्याक्स बेस स्टेसन, थ्रिजी डिभाइस र इभिडिओ उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ । सर्भिस प्वाइन्टमा आवश्यकता अनुसार वाइम्याक्स, जिएसएम, सिडीएमए र एडिएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको छ ।

टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ वैशाख २१ सम्झौता गरेको थियो । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गर्ने गरी टेलिकमसँग सम्झौता गरेको थियो ।यस आयोजना अन्तर्गत टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App