४ वैशाख २०८१ मंगलबार
समाज

मानसरोवर जाने पर्यटकले सिमीकोट भरिभराउ

हुम्ला– सिमीकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु आउँदा सिमकोटमा चहलपहल बढेको छ। सिमीकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि वैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु आइतबारसम्म ३ हजार बढी जिल्लामा भित्रिएका छन्। पर्यटकहरु आउनका लागि हबाई याताययात ब्यबस्था सहज तथा मानसरोवर कैलाश जाने सिजन सुरु भएसंगै पर्यटकहरुको संख्या यति धेरै पुगेको र यो क्रम असोजसम्म जारी रहने सिमकोट बिमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक मदन शाहीले बताए।

आइतबारसम्म सिमकोट हुँदै मानसरोबर कैलाशका लागि धार्मिक यात्रा गर्ने पर्यटकहरुको संख्या ३ हजार ४ सय ९ पुगेको सिमकोट गाँउपालिकाको तर्फबाट बिमान स्थलमा आएका पर्यटकहरुको पर्यटन शुल्क उठाउन खटिएका धनरासी रोकायाले बताए। जसमध्ये ३ हजार ३ सय २९ जना भारतीय र अरु ८० जना तेस्रो मुलुकका पर्यटक भित्रिएको रोकायाले बताए। गतबर्ष  यहि समयसम्म १ हजार ६ सय ७७ मात्र मानसरोबर कैलाश दर्शनका लागि आएका थिए भने यसपाली यसको दाब्बर भन्दा बढी जिल्लामा मानसरोबर कैलाश दर्शनका लागि धार्मिक पर्यटक भित्रिएका छन् । जिल्लामा धार्मिक पर्यटक आउने संख्या बढे संगै एकै चोटी १ सय जना अटाउन सक्ने ठुल ठुला ४, ५ होटेल यो बर्ष मात्र बनेका छन। त्यो संगै सिमीकोटमा पर्यटकहरुका लागि बास बस्न र खानाखाने स्तरीय होटेलको निर्माणले ठुलो सहयोग पुगेको र यसले पर्यटन क्षेत्रको प्रबर्द्धनमा होटेल ब्यबसायको ठुलो हात रहने बिजय होटेलका प्रमुख याङकी लामाले बताईन । 

मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटक बढेकाले अहिले सिमकोट बिमानस्थल देशभरीकै ब्यस्त विमानस्थलका रुपमा चिनिन थालेको छ। साथै हवाई जहाज र हेलिकोप्टर गरी दैनिक १२० देखि १३० उडान हुँदै आएको नागरिक उड्डयान प्राधिकरण सिमीकोटका प्रमुुख गौरी शंकर शाहले बताए। 

प्रकाशित: २१ जेष्ठ २०७५ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App