४ वैशाख २०८१ मंगलबार
समाज

एउटै भवनमा दुई वडा कार्यालय

दुई वडा कार्यालय चलेको तत्कालिन गाविस भवन । तस्बिर : नागरिक

जुम्ला– जिल्लाको पातारासी गाउँपालिकामा पहिलेको गाविस भवनमा दुई वटा कार्यालय खोलेर सञ्चालन भइरहेको छ। प्रत्येक वडामा कार्यालय खडा गरेर सिंहदरबारको अधिकार गाउँ नगरमा आएको प्रत्याभुति स्थानीयमा हुन सकेको छैन्। पातारासी गाउँपालिकाको वडा नं ६ र ७  को एउटै भवनवाट कार्य सम्पादन भइरहेको हो। संघीय संरचना कार्यान्वयनमा आएको बर्षदिन वितेपनि स्थानीयले सुखको अनुभुति गर्न पाएका छैनन्। अहिले पनि पहिलेकै भवनमा पुग्नुपर्ने बाध्यता छ, अहिले पनि उस्तै, हाम्रा लागि स्थानीय सरकारको अनुभुति गर्ने खालको अनुभुति नभएको स्थानीय सूर्यबहादुर बताउँछन्।

साविकको पटमारा गाविसको ३ कोठे भवनमा अहिलेको दुई वटा वडा कार्यालयको काम भइरहेको छ। ‘दुई वडा कार्यालय स्थापना भएपनि नागरिकलाई भने पुरानै गाविसको सेवा प्रवाह भइरहेको छ’, उनले भने, ‘स्थानीयको दुःख हटेको छैन, सेवा सुविधामा सहजता आएको छैन्।’ 

पातारासी गाउँपालिका वडा नं ७ पटमारा महारुद्र आधारभुत विद्यालयका शिक्षक समेत रहेका बुढाले स्थानीय सरकारबाट नागरिकले गरेका अपेक्षा सार्थक नभएको टिप्पणी गरे। उनले भने, ‘पहिले आफ्नै वडा कार्यालयबाट पाइने सेवा लिन पनि अहिले अर्काको वडामा जानुपर्ने बाध्यता छ।’ 

उनले व्यवस्था फेरिएपनि भौतिक संरचना नफेरिदा काम गुणस्तरीय हुन सकेको छैन्। दुईटै वडा कार्यालय संयुक्त रुपमा संचालन भएपनि सेवा प्रवाहमा भने कुनै कमजोरी नरहेको भन्दै सेवा प्रवाहलाई सजिलो, छिटो छरितो रुपमा प्रभावकारी बनाइएको वडा कार्यालयका कर्मचारीहरुले दाबी गरेका छन्। कर्मचारीको अभिव्यक्तिप्रति स्थानीय सन्तुष्ट छैनन्। तत्काल दुई वटै वडाको कार्यालय पायक पर्ने स्थानमा सार्न माग गरिएको छ। ‘अहिले पनि गाविस भवनमै गएर कामकाज गर्नुपर्ने हो भने, स्थानीय सरकार आएको अनुभव गर्न सकिदैन’, उनले भने, ‘संघीय सरकारको गाउँ नगरमा सिंहदरबार भन्ने नारालाई साकार बनाउन स्थानीय अनुकुलतामा वडा कार्यालय खोलिनु पर्छ।’ 

कार्यालय छुट्याउँदै जनप्रतिनिधि

पातारासी गाउँपालिका ७ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार पटमारा गाउँ र रिनीगाउँ गरी अहिले ७ नम्बर वडा बनेको छ। उनले भने, ‘दुई गाउँको विवादले गर्दा अहिले पुरानै पटमारा गाविस भवन उर्थुचौतारामा रहेको कार्यालयवाट वडाको काम भइरहेको छ। पटमारा गाउँ र रिनी गाउँको सेन्टरमा पर्ने खोडीखोला चौतारामा वडापालिकाको कार्यालय राख्न खोज्दा रिनीगाउँका बासिन्दाको सहमति नजनाएपछि बाध्य भएर एउटै कार्यालयबाट दुई वटा वडा सञ्चालन गर्नु परेको उनले बताए। उनले वडापालिका कार्यालय सम्वधीत वडावाटै सञ्चालन हुने गरि सहयोग गर्न स्थानीयलाई आग्रह गरे। 

प्रकाशित: १९ जेष्ठ २०७५ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App