७ वैशाख २०८१ शुक्रबार
प्रविधि

मोबाइल एप्सबाट नगरपालिकाको गतिविधि

धुनीबेसी नगरपालिकाको तयार गरेको एप्स । तस्बिर : सरिता

धादिङ – संघीय राजधानी काठमाडौँसँग जोडिएको जिल्लाको धुनीबेसी नगरपालिकाले आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ। नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार व्यक्ति लगायतका जानकारीहरू घरबाटै लिन सकिने गरी मोबाइल एप्स तयार पारेको हो। खुला सरकारको अवधारणा अनुरुप धुनीबेसी नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो। 

मोबाइल एप्लिकेशन सार्वजनिकसँगै सबै वडाका जनताले नगरपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने धुनीबेसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । ‘कुनैपनि योजनाको कार्यान्वयनको अवस्था के कस्तो छ भनेर मोबाइलबाटै बुझ्न सकिन्छ भने उक्त योजनाहरुसंग सम्बन्धित गुनासा पनि एप्लिकेशन मार्फत नै गर्न सकिन्छ’ आचार्यले भने, नरपालिकाबाट विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्थालाई मोबाइल एप्सबाट हेर्न सकिन्छ।

एप्समा नगरपालिकाको सबै वडाको विभाजित नक्सा, त्यहाँको प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्थाका बारे जानकारी समेत दिइएको छ । एप्समा उपलब्ध गराइएको नक्साबाटै नगरपालिकाले कुन स्थानमा कस्तो काम गरिरहेको छ, कति बजेट छुट्याइएको छ भन्ने विषयमा जानकारी लिन सकिन्छ। नगरपालिकाको आम्दानी र खर्च विवरण, नगरप्रोफाइल, सबै मोबाइल एप्समा सजिलै हेर्न सकिने छ। 

मोवाइल एप्स मार्फत नै सेवा प्रदान गर्नको लागि प्राप्त निवेदनहरूको विषयमा काम कारवाही अघि बढाउन वडा अध्यक्ष र सचिवहरूको लागि तालिम दिएपश्चात मोवाइलबाटै सेवा लिन सकिने पनि नगरपालिकाले जनाएको छ । मोबाइल एप्स मार्फत नगरपालिकाका बारे कुनै गुनासा, जिज्ञाशा तथा प्रतिक्रिया दिन सकिने र एप्स मार्फत नै नगरपालिकाका तर्फबाट जिज्ञासा समाधान गरिने नगरपालिकाले जनाएको छ। 

जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, नगरपालिकाका योजनागत कार्यक्रम, नगरपालिकाका प्रगति विवरण, नगरक्षेत्रका सबै वडा कार्यालय, सरकारी गैरसरकारी निकायका गतिविधि समेटर एप्स बनाइएकाले जनता र नगरपालिका दुबैका लागि यो अत्यन्त प्रभावकारी हुनेमा विश्वस्त रहेको मेयर  आचार्यले बताए । 

 

प्रकाशित: १८ जेष्ठ २०७५ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App