६ वैशाख २०८१ बिहीबार
समाज

मेनुका थापामाथि पूजा बोहराको आरोपः आश्रय दिएर वर्षौं शोषण गर्नुभयाे

काठमाडौं– सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको अनुशरणमा पुगेका बालबालिकामाथि चरम अत्याचार भइरहेकाे पीडितहरुले आरोप लगाएका छन्। 

रिपोर्टर्स क्लबमा पूजा बोहोरा ‘नाम परिवर्तन’ले विहीबार पत्रकार सम्मेलन गरेर रक्षा नेपालको अनुशरणमा आइपुगेका बालबालिकाहरुमाथि ज्यादती भैरहेको बारेमा अध्ययन गरि कारबाही गर्न माग गरेकी छिन्। 

एसएलसी दिँदा सामूहिक बलात्कारमा परेर नयाँ जीवन जिउने प्रयत्न गरिरहेकी उनले भनिन्, ‘म रक्षा नेपाल र सञ्चालक मेनुका थापाको बिरुद्धमा सडकमा आएकी होइन, उहाँले मलाई पर्दाखेरी साथ सहयोग गर्नुभयो, तर जति मलाई सहयोग गर्नुभयो त्यो भन्दा बढी ममाथि उहाँले अत्याचार गर्नुभयो, शोषण गर्नुभयो।’

एसएलसी दिने क्रममा सामूहिक बलात्कारमा परेर शारीरिक तथा मानसिक रुपमा विच्छिप्त भएकी मलाई रक्षा नेपाल र सञ्चालिका मेनुका थापाले आश्रय त दिनुभयो। तर जति मलाई सहयोग गर्नुभयो त्यो भन्दा बढी ममाथि उहाँले अत्याचार र शोषण गर्नुभयो। रक्षा नेपाल आएदेखि रातिको १२ बजेसम्म पनि सबैले खाएको जुठा भाँडा माझेर मात्र सुत्ने गर्दथेँ। भाँडा नमाझेमा आमा र अरु सिनियर दिदीहरुले गाली गर्नुहुन्थ्यो।  बेलाबेलामा आमाले मलाई कुट्ने पनि गर्नुहुन्थ्यो। जेनतेन गरेर भएपनि मलाई पढेरै अगाडि बढ्नुपर्छ भन्ने मनसायले सहँदै आएँ। १० कक्षा पढ्दा पनि मलाई कुनै पनि किसिमका सुरक्षा दिइएन, म एक्लै पढ्न जान्थे। बिना फोन, बिना पैसा मलाई कति डर लाग्दथ्यो, त्यो पीडा मलाई मात्र थाहा छ।

आफूले रक्षा नेपालमा बस्दा राती १२ बजेसम्म जुठा भाँडा माझेर पढ्नु परेको सुनाउँदै उनले थपिन, ‘म मानसिक रुपमा कमजोर बनेकी थिएँ, त्यो बेलामा समेत उचित किसिमको माया र सहयोग पाउन सकिएन।’

आफूले जति दुःख पाएपनि केही गरेर देखाउनु छ भनेर हिम्मत नहारेको उनको भनाई छ। पूजाले भनिन्, ‘आजको दिनमा पनि हिम्मत हारेकी छैन्, मजस्ता पीडितहरुको नाममा विदेशी डोनर्सहरुसँग पैसा माग्ने, सामाग्रीहरु माग्ने र आफन्तहरुलाई बाँड्ने गर्नुभएको छ, मैले विलासिताको लागि आधुनिक सामाग्रीहरु खोजेकी होइन, मेरो पढाईको लागि चाहिने सामानहरु थिए, बाहिर रक्षा नेपाल भित्र भच्छक नेपालको व्यबहार गरिन्छ, त्यहाँ भित्रका पीडाहरु बाहिर भनेको खण्डमा मारिदिन्छु भन्ने खालका धम्की समेत दिनुहुन्थ्यो, मैले पैसा मागे भने जहिले बाबाको नाममा सरापेर गालि गर्नुहुन्थ्यो म त्यतिबेला अति विक्षिप्त बन्थें।’

सञ्चालक थापाले महिनावारी भएको अवस्थामा प्रयोग गरिएका लुगासमेत साना–साना भाई बहिनीलाई सफा गर्न लगाउने गरेको उनको आरोप छ। उनले भनिन, ‘मेरो माग पीडितको नाममा खोलिएको रक्षा नेपालमाथि राज्यले उचित निगरानी राख्नुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ, रक्षा नेपालमा रहेका बालबालिकाहरुको उचित व्यवस्थापन हुनुपर्छ, र त्यहाँबाट मलाई जसरी निकालिएका बालबालिकाहरुको अवस्था के छ ? कस्तो छ, त्यसका बारेमा सत्य–तथ्य बाहिर ल्याउनुपर्छ, मैले त यस्ता दुःखहरु भोगें, अब म जस्ता पीडितहरुले यस्ता दुःखहरु भोग्न नपरोस्।’

प्रकाशित: १७ जेष्ठ २०७५ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App