८ वैशाख २०८१ शनिबार
समाज

सीमावर्ती गाउँमा गुणस्तरहीन ढिके नुन

भारतीय नागरिकले साइकलमा राखेर अवैध रुपमा नेपाल भित्र्याएको ढिके नुन। तस्बिर : योगेश/नागरिक

टीकापुर – कैलालीका सीमावर्ती गाउँमा खुलेआम भारतीय गुणस्तरहीन ढिके नुन खरिदबिक्री भइरहेको छ। भारतीय नागरिकले साइकलमा बोकेर ल्याउने यस्तो नुन सीमावर्ती क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएका छन्। उनीहरु अवैध ढंगले नेपाल भित्रिएको गुणस्तरहिन ढिके नुन सस्तो हुन्छ। साथै अन्नपात र फलाम, प्लास्टिकलगायतका कबाडी वस्तुसँग समेत साट्न मिल्ने भएकाले सर्वसाधारण त्यसको उपभोगतर्फ आकर्षित भएको पाइएको छ।

यस्तो नुन उपभोग गर्दै आएका अधिकांश स्थानीयलाई ढिके नुन स्वास्थ्यका लागि फाइदाजनक नभएको जानकारी छैन।

‘हामीलाई कुन नुन कस्तो हो भन्नेबारेमा जानकारी नै छैन’, भजनी नगरपालिका थापापुरका बजिरे साउदले भने, ‘बाउबाजेका पालादेखि नै यस्तै नुन खाँदै आएका छौं।’

भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनविहीन ढिके नुन उत्पादन गर्दै आएको छ। यस्तो नुन खासगरी छालाका सामग्री गलाउन प्रयोग हुन्छ। सोही नुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भित्र्याई बिक्री भइरहेको छ।

भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनविहीन ढिके नुन उत्पादन गर्दै आएको छ। यस्तो नुन खासगरी छालाका सामग्री गलाउन प्रयोग हुन्छ। सोही नुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भिœयाई बिक्री भइरहेको साल्ट टे«डिङ कर्पोरेसन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताए। उनले गुणस्तरहीन नुन तस्करीमा गिरोह नै सक्रिय रहेको दाबी गरे। ‘सीमावर्ती क्षेत्रका गाउँलाई लक्षित गरेर योजनाबद्ध ढंगले भारतबाट नुन तस्करी भइरहेको छ’, उनले भने, ‘यसमा भारत र नेपालतर्फका व्यक्ति संलग्न छन्।’

टीकापुर नगरपालिका–९ का सेतराज बुढाले भारतीय नुन खुलेआम भित्रिरहेको बताए। उनका अनुसार दर्जनौं भारतीय नागरिक साइकलमा गुणस्तरहीन ढिके नुन बोकेर दिनहुँ नेपालका सीमावर्ती गाउँमा आउने गरेका छन्। ‘लुकेर हैन, खुलेआम आउँछन्। खै कसैले रोक्न सकेको छैन’, उनले भने, ‘हाम्रो पनि कमजोरी छ, हामी पनि त्यही नुन खाँदै आएका छौं।’

निकासी पैठारी ऐन २०१३ ले तोकिएको संस्थाबाहेक अरुले नुन आयात गर्न नपाउने व्यवस्था गरेको छ। नेपालमा साल्ट टे«डिङ कर्पोरेसनले मात्रै नेपालमा नुन आयात गर्दै आएको छ। साल्ट टे«डिङबाहेक अरुले नुन आयात गर्न कानुनले रोक लगाएको पाण्डेले जानकारी दिए। उनले कुनै एकजना व्यक्तिले भारतबाट एक किलो नुनसमेत ल्याउन नपाउने बताए। ‘कसैले भारतबाट नुन ल्याउँछ भने त्यो अवैध काम हो’, उनले भने, ‘राज्यका संयन्त्रले रोक्नुपर्छ।’

साल्ट ट्रेडिङले सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयले नुन तस्करी रोक्न ध्यान नदिएको जनाएको छ। जनस्वास्थ्यसँग जोडिएको अवैध काम रोकथामका लागि प्रहरीले बेवास्ता गर्नु गैरजिम्मेवारी भएको पाण्डेले बताए। गुणस्तरहीन नुन भित्रिँदा आँखा चिम्लेर बस्ने प्रहरीको व्यवहार शंकास्पद रहेको उनको भनाइ छ।

टीकापुर नगरपालिका–९ स्थित कालाकुन्डा प्रहरी चौकीका इञ्चार्ज सई रघुनाथ भण्डारीले भारतीय नागरिकले गुणस्तरहीन ढिके नुन नेपाल भित्र्याइरहेको बारेमा अनभिज्ञता व्यक्त गरे। ‘खै मलाई त त्यसरी नुन आइरहेको छ भन्नेबारेमा कुनै जानकारी नै छैन’, उनले भने, ‘त्यसो हो भने म कडाइ गर्छु।’ उनले भारतीय बजार तिकुनियाँ गएका नेपालीले घरायसी प्रयोजनका लागि भन्दै नुन ल्याउने गरेको बताए। उनका अनुसार दिनहुँ कैयौं व्यक्तिले तिकुनियाँबाट नुन किनेर ल्याउने गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीले भने कालाकुन्डा प्रहरी चौकीको चेकपोस्ट रहेको खक्रौला पुलबाटै दिनहुँ कयौं भारतीय नागरिक गुणस्तरहीन ढिके नुन साइकलमा बोकेर नेपाल भित्र्याउने गरेको बताएका छन्। उनीहरु नेपालतर्फ प्रहरीको उपस्थिति नरहेका ग्रामीण क्षेत्रमा नुन बेचेर फर्किने गर्छन्।

प्रकाशित: १२ जेष्ठ २०७५ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App