coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला अस्पतालमै पानीको समस्या

जिल्ला अस्पताल सल्लेमा जिर्ण बनेको धारा। तस्बिर : गणेश बिक

रुकुम (पश्चिम) – जिल्ला अस्पताल सल्लेमा पानीको समस्या भएको छ। नजिकै मुहान नहुनु र गर्मी समयमा पानीको मुहान सुक्दै जाँदा कार्यालयमा पानीको समस्या भएको हो।

पानीको समस्या हुँदा बिरामी र बिरामी कुरुवाहरूलाई समस्या भएको छ। गर्मी समयमा बर्षेनी अस्पतालमा पानीको समस्या हुने गरेको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शिवकुमार आचार्यले बताए। ‘काम चलाउ सम्म पानी छ’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख उनले भने, ‘त्यति साह्रै समस्या छैन्।’ तर विरामीहरुले भने पानी खान होटलमा जानु पर्ने बाध्यता भएको बताएका छन्।

अस्पतालमा निर्माण गरिएको एउटा धारा जिर्ण भएको छ। त्यसमा पानी आउन बन्द भएको छ। स्वास्थ्य जाँच गराउन आउने सेवाग्राहीहरुले उक्त धाराको पानी प्रयोग गर्ने गरेका थिए। ‘अस्पतालमा पानी नहुँदा म होटलमा गएर पानी खाएको छु’ त्रिवेणी गाउँपालिका वडा नं. ३ का धनबहादुर खड्काले भने, ‘होटलमा पानी मात्र दिएनन्।’ उनले भने, ‘नास्ता खाएपछि मात्र साहुजीले पानी दिए।’ यो उनको मात्र समस्या होइन्। यहाँ आउने सबै जसो बिरामी र उनीहरूका आफन्तहरुले यस्तै समस्या भोग्न बाध्य छन्। जिल्ला अस्पताल सल्लेमा दैनिक ४० जना भन्दा बढी स्वास्थ्य जाँच गराउन आउने गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अन्य जिल्ला जस्तो समस्या यहाँ छैन्। नजिकै पानीको मुहान नहुँदा छुट्टै पानी ल्याउन नसकिएको अध्यक्ष आचार्यले बताए । धेरै टाढा भएको र पानी ल्याउनलाई खर्च बढी लाग्ने हुँदा यहाँ पानी पुर्‍याउन नसकिएको उनको भनाई छ। भएको पानीलाई संरक्षण समेत हुन सकेको छैन्।

विरामीका कुरुवाका अनुसार पिउने पानी बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। ‘पानी नभएर सबै कामहरु प्रभाबित भएका छन्।’ अहिले अस्पताल व्यवस्थापन नगरपालिकामा गई सकेको एक कर्मचारीले बताए। नगरपालिकाले अस्पतालमा ध्यान दिन नसक्दा यस्तो समस्या भएको उनको भनाई छ। नगरपालिकाले तत्काल पानीको समस्या सुझाउनु पर्ने उनले बताए।

 

प्रकाशित: ११ जेष्ठ २०७५ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App