६ वैशाख २०८१ बिहीबार
कला

एकै स्टेजमा तीन विजेता

काठमाडौं – एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस एसईई युनिभर्सल २०१८’ र ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’नाम दुई सौन्दर्य प्रतियोगीतामा फरक–फरक तीन बिजेता छानिने भएका हुन्।

दुबै प्रतियोगीताका सहभागीहरु यतिबेला प्रशिक्षणमा छन्। इन्टरटेनमेन्टका अध्यक्ष आशिष मिश्रले व्यक्तित्व विकास, लिडरसिप, आर्ट क्लास, टुर, अनाथालय भिजिट, कलेज भिजिट, ब्रिजकोर्ष, टेबुल म्यानर लगायतको बिषयमा प्रतियोगीलाई प्रशिक्षण दिइनेछ।

‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम’मा पुरुषतर्फ विशाल तामाङ, राहुल चन्द, राम ढुंगाना, सागर चौधरी, रिकेश घिमिरे, विशाल दोङ, दिजन भट्टराई, दिपक तामाङ, ओजश्वीराज थापा, राकेश खुइन्जु, सञ्जय तामाङ छन्। त्यस्तै महिलातर्फ समिक्षा मिजार, इञ्ची शेर्पा, श्रद्धा सुवेदी, सस्मित श्रेष्ठ, रोशनी कट्वाल, प्रज्ञा सेन्चुरी, नेहा जोशी, सन्ध्या अर्याल, कशिष घले, सविना बुढाथोकी, श्रद्धा केसी, प्रन्जली खड्का, सलिना श्रेष्ठ, अकेशा केसी, दिनिशा तामाङ छन्।

त्यस्तै ‘मिस एसईई युनिभर्सल’तर्फ क्रितिसा सुवेदी, अलिशा ढकाल, अनुपमा अधिकारी, नम्रता सापकोटा, मोनिका श्रेष्ठ, आशिका पन्थी, प्रनिसा राय, शुभेच्छा खड्का, स्मृती श्रेष्ठ, चाहना लामा, मन्दिपा मगर, स्वर्निम केसी, बिमला लम्साल, अनुजा खनाल, अनिशा बिस्वकर्मा रहेका छन्। प्रतियोगिताका कोरियोग्राफर अश्विनी झा हुन्।

प्रकाशित: ११ जेष्ठ २०७५ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App