७ वैशाख २०८१ शुक्रबार
अन्य

कानुनी सल्लाहकारसँग समन्वय गरेर मुद्दाकाे किनारा लगाइरहेका छाैं

शान्ति नेपाल, उपप्रमुख, गोकर्णेश्वर नगरपालिका
जनप्रतिनिधी भएर जनताले महसुस गर्ने के–के काम गर्नभयो ?
 जनप्रतिनिधी भएर आएसँगै नगर क्षेत्रमा थुप्रै काम गरेका छौं ।  नगरपरिषदबाट पारित भएका योजना धमाधम सम्पन्न हुने क्रममा रहेका छन् । वडा कार्यालयले उपभोक्ता समिति गठन गरेर आफ्ना क्षेत्रमा विकास निर्माणको कामलाई तिव्रता दिइराखेका छन्  । नगरपालिकासँग अति नै सीमित स्रोतसाधन रहेका छन् ।

जसबाट आमुल परिवर्तन गर्न सम्भव छैन । यद्यपी हाम्रोतर्फबाट जनतालाई सरल र सहज सेवा दिने प्रयत्न गरिराखेका छौं । नगरक्षेत्रमा रहेका कच्ची सडकलाई ग्राभेलिङको काम गर्यौं । नगरपालिकाको अगुवाईमा सरसफाई कार्यक्रमलाई  व्यवस्थित गराउँदै अघि बढाइरहेका छौं । अन्य विकास निर्माणको कामलाई पनि द्रुत गतिमा अघि सारेका छौं।

जनप्रतिनिधी भएर काम गर्न कतिको सजिलो रहेछ ?
जनप्रतिनिधि भएर काम गर्न धेरै नै अप्ठेरो रहेछ । लामो समयदेखि अल्झिएका विकास निर्माणका कामले गति लिन सकेका छैनन् । लामो समय स्थानीय तह जनप्रतिनिधी विहीन रह्यो । जसको कारणले विकास निर्माणको काम जादुको छडीमा जस्तै होस् भन्ने स्थानीय जनताले चाहने गर्छन् । तर, हाम्रो काम गर्ने शैली अत्यन्तै पुरानो ढर्राको छ ।

त्यसैले काम गर्न समस्या भइराखेको छ । अघिल्लो आर्थिक वर्षमा अघि सारेका योजनालाई तिव्र गतिमा अघि बढाइरहेका छौं । पुराना योजनाको समिक्षा र पुनर्मूल्यांकन गरिरहेका छौं । नयाँ योजनालाई उपभोक्ता समितिमार्फत तिव्र गतिमा  अगाडी बढाइरहेका छौं । अहिले नगरक्षेत्रको बृहत नीति निर्माण तथा गुरुयोजना बनाउन कस्सिएर लागेका हौं ।  अबको केही समयपछि मात्रै जनताले महसुस गर्ने काम देखिनेछन्।

तपाईको नगरक्षेत्रमा फोहोरमैला नियमित  उठेन भन्ने गुनासा आएका छन् नी ?
जनप्रतिनिधी नहुँदा गोकर्णेश्वर नगरपालिका क्षेत्रमा फोहोरमैला अस्तव्यस्त रुपमा देखिन्थ्यो । हामी आएसँगै नगरक्षेत्रको फोहोरमैला व्यवस्थापनमा सक्रिय भएर लागेका छौं । अहिले नगरक्षेत्रमा  अहिले फोहोरमैला धेरै हदसम्म कम भइसकेको छ । स्थानीय जनताकै अग्रसरमा  फोहोरमैला व्यवस्थापन गर्ने वातावरण बनाएका छौं । कुहिने र नकुहिने फोहोरमैलालाई छुट्टाछुट्टै राख्ने व्यवस्था गरेका छौं । कुहिने फोहोरमैलालाई मलखाद बनाएर कौशीखेती तथा करेसाबासीमा तरकारी खेतीको लागि उपयोग हुदैं आएको छ ।े फोहोरमैलालाई नगरपालिकाको गाडीबाट उठाएर व्यवस्थापन गर्दै आइराखेका छौं।

 महिलाहरुको लागि कस्तो कार्यक्रम अघि सार्नुभएको छ ?
 नगरपालिकाले महिलाहरुको लागि सीपमुलक तथा आर्यआर्जनमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरक्षेत्रमा ७५ वटा महिलासमूह रहेका छन् । नगरपरिषद्को बैंठकबाटै महिला शशक्तीकरणको लागि बजेट बिनियोजन गरेर सञ्चालन गरिराखेका छौं ।महिलाहरुलाई सिलाईबुनाई,अचार, गुडिया बनाउने लगायतका विभिन्न आर्यआर्जनमुलक कार्यक्रम सञ्चालन गरेर उनीहरुको क्षमताअभिवृद्धि गरिराखेका छौं ।

तपाईको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन ?
लामो समय स्थानीय तह जनप्रतिनिधी विह्नि रह्यो ।जनप्रतिनिधी नहुनुको फाइदा उठाउँदै भूमाफियाले सार्वजनिक तथा पर्तिजग्गा अतिक्रमण गरेर भोगचलन गर्दै आइराखेका छन् । हामी जनप्रतिनिधी भएर आएपछि सार्वजनिक जग्गा मिचिएको छैन् ।अब मिचिएका सार्वजनिक जग्गालाई योजनाबद्ध रुपमा फिर्ता ल्याउने तयारी गरेका छौं।

 तपाईं न्यायिक समिति संयोजक हुनुहुन्छ ? कति मुद्दा आएका छन् ?
जनप्रतिनिधी भएर आउने बित्तिकै न्यायिक समिति कसरी गठन गर्ने भन्ने कुरामा नै अन्योल रह्यो ।जसको कारणले झण्डै तीन महिनासम्म न्यायिक समिति गठन गर्ने सकैनौं । अहिले न्यायिक समिति गठन गरेर काम गरिरहेका छौं । न्यायिक समितिमा ४२ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मध्ये दुई वटाको मेलमिलापबाट टुंगाएका छौं । अधिकांश मुद्दा जग्गा विवाद, साँधसिमाना विवाद, मोही –तहसिल विवाद लगायतका आउने गर्छन् । त्यस्ता मुद्दामा मालपोत कार्यालय र नापी कार्यालयसँग  कागजात मगाएर सल्टाउने प्रयास गरिरहेका छौं।

 कस्ता मुद्दा आउने रैछन् नि ?
संविधानले न्यायिक समितिलाई देवयानी खालका मुद्दा मात्रै हेर्ने अधिकार प्रत्यायोजन गरेको छ ।विशेषगरी चारकिल्ला सीमाना विवाद, जग्गा मिचेको, बहुविवाह, सम्बन्ध विच्छेद, झैझगडाको मुद्दा आइराखेका छन् । नगरपालिकामा आएका मुद्दामध्ये  २ वटा मुद्दा मेलमिलापबाटै टुंगाउने प्रयास गरिराखेको छुृ । हामी राजनीतिक क्षेत्रबाट आएक  जनप्रतिनिधीले न्यायिक समितिमा बसेर काम गर्न केही अप्ठेरो हुने रैछ । नगरपालिकामा कानुन पढेका आएका जनप्रतिनिधी र कानुनी सल्लाहकारसँग समन्वय गरेर  न्यायिक समितिलाई अगाडी बढाइरहेका छौं । सरकारले न्यायिक समितिको लागि तालिम तथा अभिमुखीकरण लगायतका कार्यक्रम गर्नुपर्ने देखिन्छ।

 अन्य नगरपालिकामा मेयर र उपमेयरबीच विवाद चर्काे देखिन्छ, तपाईंको नगरपालिकामा कस्तो छ ?
 मेयरसाप र मेरो विच कुनै आन्तारिक विवाद छैन । हामी दुवै जना एउटै पार्टीबाट प्रतिनिधित्व गर्छाैं ।त्यसैले पनि केही कुरामा मतभेद छैन । कहिलेकाहीँ सामन्य विवाद हुनु सामान्य जस्तै हो । तैपनि सार्वजनिक  कार्यक्रममा सहभागि हुदाँ पनि एकआपसमा समन्वय गरेर नै जाने गर्छाैं । मेयरसाप सार्वजनिक कार्यक्रममा गएको बेला । म कार्यालयमा नै बसेर काम गर्ने गर्छु । हरेक कुरामा सरसल्लाह गरेर अघि बढिरहेका छौं।

नगर क्षेत्रमा भइरहेका विकास निर्माण योजनाका अनुगमनकर्ता समेत हुनुहुन्छ, के–के समस्या रहेछन् ?  
नगरपरिषदबाट अघि सारेका योजना समयमा नै निर्माण सम्पन्न भइराखेका छन् ।तर,संघीय सरकार मातहत अघि बढेका योजना समयमा नै निर्माण सम्पन्न भएको देखिदैंन । ठेकेदार कम्पनीको ढिलासुस्ती, स्थानीय जनताको अवरोध, सरकारको बेवास्ता लगायतका कारणले विकास निर्माणको कामले गति लिन सकेका छैनन् । समयमा नै विकास निर्माणको काम नहुँदा जनताले सास्ती  भोग्नुपरेको छ । हामीले समयमा विकास निर्माणको कामलाई अघि बढाउन बारम्बार अनुरोध गरेका छौं ।तर,व्यवहारिक रुपमा काम अघि बढ्नै सकेको छैन्।

कस्तो नगरक्षेत्र बनाउने सपना बोक्नुभएको छ ?

गोकर्णेश्वर नगर क्षेत्रलाई पर्यटकी हब बनाउने लक्ष्य सहित गुरुयोजना बनाइरहेका छौं । नगरक्षेत्रमा व्यवस्थित सहर र व्यवस्थित बसोबास बनाउने योजना अघि सारेका छौं । अबको केही समयभित्रै बृहत गुरुयोजना बनाएर नगरक्षेत्रलाई समुद्ध विकासको गतिमा अघि बढाउनेछौं ।
प्रस्तुतिः  हिमाल लम्साल

 

प्रकाशित: ११ जेष्ठ २०७५ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App