८ वैशाख २०८१ शनिबार
राजनीति

पुरानो संसदीय अभ्यासमा क्रमभंग

काठमाडौं – संघीय संसदमा नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसुची तयार गर्ने विषय नयाँ रुपमा आएको छ। संघीय संसदका दुबै सभाका नियमावली मस्यौदामा लामो समयसम्मको व्यवस्थालाई परिवर्तन गरिएको छ। २०४८ सालदेखि अहिलेसम्मको संसदमा अभ्यास भएको नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसूची तयार गर्ने परिवर्तन गरिएको छ।

यसअघि धन्यावाद प्रस्तावमार्फत सरकारको नीति कार्यक्रम पारित हुने गर्दथ्यो तर यस पटकदेखि धन्यवाद प्रस्ताव र नीति तथा कार्यक्रम छुट्टा/छुट्टै बैठकबाट पारित हुने भएको छ। सोमबार (बैशाख ७) राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेको संसद्को अर्को बैठकबाटै राष्ट्रपतिमाथि धन्यावाद प्रस्ताव पारित गरिएको छ।

धन्यवाद प्रस्ताव पारित भए पनि नीति तथा कार्यक्रम पारित गर्न बाँकी नै छ । जेठ ९, १० र ११ गते नीति तथा कार्यक्रम माथि छलफल राखिएको छ। ८ गते नीति तथा कार्यक्रम माथि संशोधन राख्न समय दिइएको छ। नीति तथा कार्यक्रम माथिको यो नयाँ व्यवस्था हो संघीय ससद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले भने।

संघीय संसदको अन्तरिम कार्यविधिमा नै यस व्यवस्था निर्धारण गरिएको छ भने प्रस्तावित नियमावलीको मस्यौदामा पनि यस व्यवस्था राखिएको छ। यसअघि संसदमा अभ्यास हुँदै आएको विषय भने फरक थियो प्रवक्ता गौतमले भने। यसअघिको संसद् नियमावलीको व्यवस्थामा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधनको एक प्रति टेवुल गर्ने र संसद बैठक स्थगित हुने गर्दथ्यो।

त्यसपछि नीति तथा कार्यक्रममाथि एक दिन संशोधनको व्यवस्था राखि अर्को दिनदेखि लगातार तीन दिनसम्म नीति तथा कार्यक्रम माथि सदनमा छलफल गरिन्थो। छलफलमा उठेका विषयलाई प्रधानमन्त्री वा मन्त्रीले जवाफ दिएपछि छलफल समान्त गरी संशोधन प्रस्तावको निर्णय गरिन्थ्यो। त्यसपछि सभामुखले धन्यवाद प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने गर्दथे। जसबाट धन्यवादको प्रस्ताव मार्फत नीति तथा कार्यक्रम पारित हुने गर्दथ्यो।

नयाँ नियमावलीको मस्यौदामा दैनिक कार्यसूची तयार गर्ने विषयमा सचिवको अधिकार कटौती गरिएको छ। विगतको व्यवस्थाको निरन्तरतामा क्रमभंग गर्दै नयाँ नियमावललिमा महासचिवलाई मात्र दैनिक कार्यसुची तयारको अधिकार दिइएको छ। महासचिवको अनुपस्थित भएमा मात्र सचिवले दैनिक कार्यसूची तयार गर्ने व्यवस्था थियो।

प्रस्तावित नयाँ नियमावलीको नियम १२ (१) मा भनिएको छ ‘सभामुखको निर्देशन अनुसार महासचिव वा महासचिवको अनुपस्थितीमा सचिवले बैठक बस्ने प्रत्येक दिनको कार्यसूची तयार गर्नेछ।’ यसअघि महासचिव वा सचिव भन्ने वाक्यमा महासचिव अनुपस्थित भएमा भन्ने बाक्य राखिएको हो।

यसअघिको व्यवस्थापिका संसद नियमावली २०७३ को व्यवस्थामा २६ (१) मा भनिएको छ ‘सभामुखको निर्देशनअनुसार महासचिव वा सचिवले बैठक बस्ने प्रत्येक दिनको कार्यसूची तयार गर्नेछ भन्ने उल्लेख छ।’ समितिको सचिव तोक्ने विषयमा पनि परिवर्तन गरिएको छ। नयाँ नियमावली मस्यौदाको नियमा १८९ (३) मा महासचिवले आफू मातहतको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्ने व्यवस्था राखिएको छ। यसअघि सचिवले तोक्ने व्यवस्था परिवर्तन गरिएको हो। व्यवस्थापिका संसदको नियमावली २०७५ को नियम १९८(३) मा सचिवले आफू मातहतको अधिकृतलाई व्यवस्थापिका संसद्का समितिको सचिव भई काम गर्न तोक्ने व्यवस्था गरेको छ।

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App