"

तामिल नाडुमा सुरक्षाकर्मीको गोली लागि ९ जनाको मृत्यु

मङ्गलबार, ०८ जेठ २०७५, २० : ३१ एजेन्सी


नयाँ दिल्ली- भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने बिषयलाई पुष्टि गरिसकेको छैन। यद्यपि स्थानीय मन्त्री डि जयाकूमारले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने, घटनाबारे बिस्तृत विवरण आइसकेको छैन। सरकारले घटनामा मृत्यु भएका नागरिकका आफन्तलाई राहतको व्यवस्था गर्नुपर्छ र गर्नेछ। घाइते सबैको उपचार खर्च पनि सरकारले व्यहोर्ने उनले बताए। 

मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुको कुनै विकल्प थिएन, मन्त्री जयकूमारले भने। 

स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहा पाएपछि आन्दोलन शुरु गरेका बताइएको छ।  विगत तीन महिनादेखि जारी आन्दोलन विगत केही दिन यता उग्र बनिरहेको थियो। 

राज्यको प्रमुख प्रतिपक्षी दल डिएमके पार्टीले स्थानीयको चासोलाई सम्बोधन गर्न असफल भएको भनी सरकारको आलोचना गरेकाे छ। विपक्षी नेता एम के स्टालिनले सञ्चारकर्मीसँग भने, “जनचासोको बिषयलाई सम्बोधन गर्न खानीलाई बन्द गर्नु पर्छ।” 

स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच बर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धि समस्या आएपछि उनीहरूले अस्पताल भर्ना भै उपचार गर्नुपरेको जनाउँदै जनताको स्वास्थ्यलाई प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने स्टालिनले बताए। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ‘ए सोल्टिनी’ फिल्मको प्रदर्शन मिति तय भएको छ। निर्देशक निमा लामा तामाङले आफ्नो...

गायिका भूमिकामा अालिया

गायिका भूमिकामा अालिया

आलिया भट्टका फ्यानले आलियालाई धेरै पल्ट गाएको सुनेका छन्। आलियाले ‘हम्टी शर्मा कि दुल्हनियाँ’मा गाएको ‘समझाँवा’ त सुपरहिट नै भएको...

‘महाराज जार काट्न पाइन्छ?’

‘महाराज जार काट्न पाइन्छ?’

तामाङ समुदायमा जंगबहादुर राणासँग जोेडिएको एउटा किवंदन्ती छ। किवंदन्ती अनुसार एक जना तामाङ युवक उनका दरबारमा पुगेर जंगबहादुरलाई सोध्छन् ,...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...