coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

काठमाडाैं– नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण गरेको उक्त लघु चलचित्रले दुइ लाख रुपैयाँ नगद तथा सम्मान पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा लघु चलचित्र त्यागले द्वितिय स्थान हासिल गरेको छ । उक्त नगद चलचित्रले एक लाख ५० हजार तथा सम्मान पत्र पाप्त गरेको छ भने तृतिय स्थानमा लघु चलचचित्र ‘इतिहास निर्माणको यात्रामा’ परेको छ । उक्त चलचित्रले ५० हजार रुपैयाँ पुरस्कार नगद र सम्मानपत्र प्राप्त गरेको छ । त्यस्तै चलचित्र ‘बैशाखी र विजेता’ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । दुवै चलचित्रले नगद २५÷२५ हजार रुपैयाँ तथा सम्मानपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट भएका चलचित्रलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले नगद तथा सम्मान पत्र वितरण गरेका थिए । सोमबार आर्मि अफिसर्स क्लबमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रधानसेनापति क्षत्रीले पुरस्कार तथा सम्मान पत्र वितरण गरेका हुन् । सो अवसरमा सेनापति क्षत्रीले नेपाली सेनाले प्रकाशित गर्दै आएको सिपाही तथा शिवपुरी जर्नलनमा प्रकाशित उत्कृष्ट लेख रचनाका लेखकलाई पनि पुरस्कार तथा सम्मानपत्र वितरण गरेका थिए । कार्यक्रममा लघुचलचित्र मूल्यांकनमा संलग्न लगायतका व्यक्तित्वहरुलाई पनि कदरपत्र तथा नगद रुपैयाँले सम्मान गरिएको थियो ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App