"

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

सोमबार, ०७ जेठ २०७५, २२ : १३ नागरिक


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्।

राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उनको उपचार गराउने प्रतिबद्वता व्यक्त गरे।

अस्पतलबाटै उनले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परार्मशसमेत गरे।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उनको उपचारमा कुनै कसर बाँकी नराखन प्रधानमन्त्री ओलीले निर्देशन दिएकाे बताए।

राष्ट्रकवि घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि अस्पताल भर्ना भइ उपचारत छन्। आन्तरिक रक्तस्राव भएपछि अहिले हाई केयर युनिटमा राखेर उहाँको उपचार हुँदै आएको छ। 

९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...