"

नेपाल पत्रकार महासंघ यूकेको चौथो अधिवेशन सम्पन्न

सोमबार, ०७ जेठ २०७५, १९ : ०३ चिरन शर्मा  | @chiranuk


लण्डन- नेपाल पत्रकार महासंघ, बेलायतको चौथो अधिवेशनले अगामि २ वर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिवेशनले  पुनः नरेश खपांगीमगरको  अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो। 

कार्यसमितिको बरिष्ठ उपाध्यक्ष ध्रुवराज   अर्याल, श्याम   लुइँटेल,  उपाध्यक्ष दिनेश   परियार, लिलामान   शेरपुन्जा, बिमला   सेने   सर्वसम्मत चयन भए। यस्तै महासचिवमा  संजयभक्त   कंडेल , उपमहासचिव  नरेन्द्र   बस्नेत, सचिव  शिब भण्डारी, पूर्ण गुरुङ , जगन्नाथ  कार्की  निर्विरोध भएका छन् । यसअघि १५ जनाको  रहेको कार्यसमितिलाई विस्तार गरि २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

यस्तै कोषाध्यक्ष सिद्धार्थ बिक्रम   क्षेत्री,  सहकोषाध्यक्ष  रोशन राई   ‘  बिनोद’  चयन भए । 

सदस्यहरु बोमबहादुर थापा, नगेन्द्रराज नेम्बाङ्ग, नरेश  काङ् बाङ राई, सुरेन्द्र इंगनाम, तिर्थबहादुर मल्ल , गणेश खड्का , मन्जु भण्डारी खरेल, विश्वासदीप  तिगेला, जीवन   सेन, खुशी लिम्बु र खेमराज  रानाभाट   निर्वाचित भएका छन् । प्रमुख पदका उम्मेदवार बीचको सहमति पछि  कार्यसमितिमा  केही पद   थप   गरिएको थियो ।  

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्टको बिशेष आतिथ्यमा सम्पन्न अधिवेशनलाई दूतावासका उपनियोग प्रमुख शरदराज आरण, गैरआवासीय नेपाल संघका उपाध्यक्ष कुल अचार्य, एनआरएन युकेका अध्यक्ष योग कुमार फगामि लगायत स्थानीय संघसँस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए। 

 

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...