७ वैशाख २०८१ शुक्रबार
विचार

मूर्खको ओखती

मूर्खता र कुटिलता
कसैले महत्त्व नदिने कुनै मूर्खको प्रत्युत्तर दिन आवश्यक नभएको रमूर्खतापूर्ण कथनको जवाफ के होला?सवाल जवाफ गर्दै ऊसँग भिडिरहने कि वास्तै नगरेर आप्mनो बाटो लाग्ने?यो पाठ कुनै पञ्चतन्त्रको कथाको हो न अकबर वीरबल विलासको। सन्दर्भ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकै अवसरपारेर कुनै बखतउनकै दल भारतीय जनता पार्टीमा रहेकोनेपालको सीमावर्ती क्षेत्र दरभंगा बिहारका सांसद कीर्ति आजादले आफू पनि जनकपुरकै सांसद भएजस्तो गरेर ‘मिथिलाको राजधानी जनकपुरधाम’ मा उनको स्वागत भन्दै गत मे ११मा गरेको ट्विटको हो। जस्को बेहोरा यस्तो थियो–दुई सय वर्ष पहिले मिथिलाको (सो) भाग नेपाललाई दिनेगरी अंग्रेज र नेपालका बीचमा भएको सन्धिको औचित्य अब समाप्त भइसकेको हुँदा त्यस भूभागलाई फिर्ता लिएर सीता माताको आदर गर्दै मिथिला राज्यको गठन गर्नुहुन तपांईँसंँग अनुरोध छ।’

आजादको सो भनाइमा भारतीय शासक र सामाजिक वृत्तको एउटा तप्कामा निहित सानो छिमेकी मित्र राष्ट्र नेपालप्रतिकोविस्तारवादीकुदृष्टित प्रष्ट झल्कन्थ्यो नै। ऐतिहासिक तथ्यहरूबारेको उसको कमजोर ज्ञान पनि परिलक्षित हुन्थ्यो।नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, अखण्डता र नेपालीको आत्मसम्मानलाई चुनौती त भइगयो। त्यसैलेस्वाभिमानी नेपालीहरूत्यसबाट आक्रोशित हुनु स्वाभाविकै हो।यस्तोमा सामाजिक सञ्जालदेखि सडकसम्म छताछुल्लत्यसको विरोधस्वाभाविक र अपेक्षित पनि हो। तर, यसलाई अर्को पाटोबाटर अलिकति ‘आउट अफ द बक्स’गएर हेरौँ त। के सिंगो राष्ट्र एक भएर प्रतिवादमा उत्रनु योग्य छन्त बेलाबेलामा आउने यस्ता मान्छेकायस्ता भनाइ ? यस्ताका भनाइ खोजीखोजी ‘बुद्ध वाज बर्न इन नेपाल’को शैलीमा प्रतिवाद गर्ने होडबाजीबाट कतै हामी त्यस्तैले बनाएको चक्रब्यूहमा फस्दै त गइरहेका छैनौँ ?एकछिन त्यसमाघोत्लिने प्रयत्न यस आलेखमा हुनेछ।
वास्तवमा, प्रमुख दलहरूको प्रतिनिधित्व हुनेगरी र÷वा त्यसै क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचित सांसदले(जसमा त्यसको कडा प्रतिवाद गरेका नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधी पनि पर्छन्)आजादको ट्विटको खण्डन र भत्र्सनामा एउटा सानो संयुक्त विज्ञप्ति निकालेको भए पुग्थ्यो। उनीहरूले मिलेर ‘आजादजी, दुई सय वर्षअगाडि आफूले गुमाएका भूभाग के÷कति थिए भनेर तपांईँंले राम्रोसित सुसूचित, सुशिक्षित हुनुपर्ने त देखियो नै।फिर्तै लिने भएपनिभर्खर ७० वर्ष अगाडिमात्र खण्ड खण्ड भई टुक्रिएको भूभागको पालो पहिले आउला, त्यो फिर्ता लिएर देखाउनोस्’ भनेको मात्रै भएपनिआजाद जस्ता ‘अखण्ड भारत पक्षधर’ हरूलाई मिति पुग्थ्यो।सबका सबले बोलेको बोल्यै गरिरहनु पर्थेन। 

तर यहाँ त गफैमा मात्र भएपनिसबलाई वीर बलभद्र नै हुनु प¥या छ। सब बोलिसके, मजस्तो राष्ट्रवादी त झन् कसरी छुट्ने भने जस्तो गरी प्रतिवादको भेलमा हाम्फाल्नु प¥या छ। वास्तै नगर्दा पनि हुने, कुनै महŒवै नदिँदा पनिहुने र पछि आफैँं सेलाएर जाने कुरालाई पनि चाँडो नसेलाओस्भने जस्तो गरीे जानी नजानी तन्काउनुप¥या छ।प्रतिवादकै रूपमा किन नहोस्, त्यसबाट फाइदाचाहिँ त्यही आजाद मार्कालाई नै हुन्छ फेरि । किनभने उनीहरू त यो विवाद नसेलाओस् भन्ने नै चाहन्छन् । आफूहरूले उठाएका कुरा सधैँ चर्चामा रहोस् भन्ने चाहन्छन्,समर्थनमा नभए विरोधमै सही।उनीहरूको आफ्नै देशमा पनि थोरै मान्छेले मात्र चाख लिने र त्योभन्दा पनि थोरैले भाग लिने यस्ता बहसमा हामीले गाली गर्दै नै सही, ठूलो संख्यामा सहभागी भइदियौं भने त्यस्ता मान्छेहरूको ‘मिसन’ सफल हुन्छ। हेर त कसरीयतिका नेपाली मेराविरुद्धलागिपरेका छन्भनेर आप्mना समर्थकसामु उनीहरू हिरो हुन पाउँछन्, बलियो हुन्छन् । नत्र त्यस्ताले हिरो हुने मञ्च वा मुद्दा कहाँके पाउने?

वास्तविक खलपात्रहरू चिनिराखौँ
हो,सरकारी ओहदामा बसेको वा नबसेकै भएपनि भारतीय राज्यको प्रतिनिधित्व गर्दै कोही जिम्मेवार पदाधिकारीले त्यस्तो कुरा बोलेको भए कुन राज्य कुन नागरिक हामी सबलेत्यसको कडा प्रतिवाद गर्नैपथ्र्यो । राज्यले कूटनीतिक, राजनीतिक माध्यमबाट र नागरिकले जुलुस, प्रदर्शन, मिडिया, सामाजिक सञ्जाल इत्यादि माध्यमबाट विरोध गर्नैपथ्र्यो।आवश्यक परे अन्तर्राष्ट्रिय, बहुपक्षीय फोरमहरूमा पनि उजुर गर्नुपथ्र्यो। तर कीर्ति आजाद त राज्यको पदाधिकारी होइन। सत्तारुढ दल भाजपासमक्ष कुरा उठाउन त्यसको २–३ दिनमैसो पार्टीका विदेश मामला सम्बन्धका इन्चार्ज विजय चौठाइवालेले उसको ट्विटलाई ‘कोट’ गर्दै आफूले गरेको ट्विटमा भनेका छन्– ‘कीर्ति आजाद धेरै अगाडि नै भाजपाबाट निलम्बित भइसकेका व्यक्ति हुन् । भाजपा नेपालको भौगोलिक अखण्डता प्रति प्रतिबद्ध छ। हामी उसको यस कुटिल ट्विटको घोर भत्र्सना गर्छौँ ।’ तर विडम्बना, हाम्रो पक्षमा रहेको यो ट्विटलाई थारै ट्विट प्रयोगकर्ताले मात्र महŒव दिएकोवा रिट्विटगरेको देखियो । आधिकारिकतवरबाट पार्टीको यस्तो भनाइ आइसकेपछि पनि बुझेर वा नबुझेर कतिपय नेपालीकीर्ति आजादकोे प्रतिवाद गर्ने होडमैब्यस्त रहे। 

वास्तवमा कीर्ति आजादलाई भारतमै पनि कसैले गम्भीरतापूर्वक लिंँदैनन् । हाम्रा लागि ऊभन्दा हानिकारक त बरु जिम्मेवारीकै पदमा बस्ने कतिपय अरु नै थिए र अझै छन् । ऊभन्दा पेशाले फरक र शिक्षादीक्षा एवं बौद्धिकताले सम्पन्न भएतापनि नेपाल विज्ञ भनी कहलिएका एसडी मुनी, नेपालमा राजदूत भई पछि विदेश सचिवसमेत भएका तर नेपालप्रति अत्यन्त गहिरो पूर्वाग्रह राख्ने महाराज कृष्ण रसगोत्र, श्याम शरणर थुप्रै ज्ञात अज्ञात राजनीतिक, कूटनीतिक र गुप्तचर तथा सुरक्षा एजेन्सीका मानिस त्यो कोटिमा पर्छन् । भारतको नेपाल नीति निर्माणमा क्रमशः सल्लाहकार र नीतिनिर्माताकै भूमिका निभाएर हामीलाई नोक्सान पु¥याएका यिनीहरू अझै पनि बेलाबखत त्यही आशयका कुरा गर्दै, लेख्दै छन्, गर्न लबिइङ गर्दैछन् । विडम्बना, यिनीहरूचाहिँ हाम्रै कतिपय नेताका गुरु र÷वा भरपर्दा मित्र मानिन्छन् अझै पनि। 

त्यसैले बरु त्यस्तालाई चिनौँं र अझ त्योभन्दा पनि राम्रोसंग चिनौँ यहाँकालाई जो कीर्ति आजादका ट्विटमा काखी बजाइ बजाइ खुसी मनाइरहेका छन् । कति त उनको पक्षमा खुलेरै पनि आएका छन्, सडकदेखि सामाजिक सञ्जालसम्मन धेरैतिर । तिनलाई राम्रोसित चिनेर निगरानी एवं नियन्त्रणमा राखिराखौँं ताकि तिनले दुई नम्बर प्रदेश वा मिथिला प्रदेशलगायत मधेसमा कतै पनि घृणा र अलगावको आगो हम्कन नसकून्, नपाउन् । तर त्यस क्रममा ती क्षेत्रका जनताका जायज गुनासा पनि सुनौँं र सम्बोधन गरौँं ताकि कीर्ति आजादका ट्विटलाई रिट्विट गर्ने मान्छे यता हाम्रोतिर नहुन् । उता पारिपट्टि केही कीर्ति आजादहरू भएर, भुकेर हामीलाई केही हुन्न।

हीनभावना होइन, आत्मविश्वास
केटाकेटी छँदा हाम्रो टोलमा एकजना राम्ररी काम नसुन्ने व्यक्ति थियो । धेरैको घरमा भाँडा माझेर आप्mनो गुजारा चलाउने उसलाई हामी खुब जिस्काउँंथ्यौंँ र उनले रिसाएर ढुंगा हान्न लखेटेपछि भाग्थ्यौँ । नभेटेपछि घण्टौँहामीलाई सराप्दै ऊ एक्लै भुतभुताइ रहन्थ्यो र रिसमा आफ्नै कपाल भुत्ल्याइरहन्थ्यो। अहिले सम्झँदा दयाको पात्रत्यो गरिब विचराकोे माया लागेपनि, आप्mनो उपद्रोमा त्यतिबेला खुब आनन्द आउँंथ्यो हामीलाई। ऊ रिसाएर आप्mनो कपाल आफैँं भुत्ल्याएको लुकीलुकी हेर्न त झनै आनन्द आउँंथ्यो।कीर्ति आजाद जस्ताले जिस्क्यायो भनेर त्यो कान नसुन्ने व्यक्तिको जस्तै प्रतिक्रिया व्यक्त गर्ने हाम्रो सामाजिकमनोविज्ञान वास्तवमा हीनभावनाको प्रकट रूप हो, ठूलो र शक्तिशाली छिमेकीसँंग संँगै बस्नुपरेकामा आफैँंले उब्जाएको तर उब्जाउनु नपर्ने हीनभाबवना। आप्mनो प्रभाव क्षेत्र मानेर हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गरिरहने भारतीयव्यवहार मन नपराउने तर उसैमाथि बढ्दो निर्भरताको असहायपनबाट उब्जिएको हीनभावना।भारतमाथि हाम्रा पारबहनलगायतका प्राकृतिक निर्भरता त छँंदैथिए÷छन्, हाम्रै नेताहरूले बढाइदिएका राजनीतिक निर्भरता र हाम्रै अविकासले बढाइदिएका आर्थिक निर्भरताबाट उत्पन्न खिन्नताबाट सिँचित हीनभावना । र किनकि आक्रामकता वा अहंं भावना पनि हीनभावनाकै अर्को पाटा हुन्, हामी प्रतिवाद र स्वस्तुतिगानमा पनि सहजै ओर्लिहाल्छौंँ, चाहे त्यो अनावश्यक वा प्रत्युत्पादकै किन नहोस् ।अनिआक्रामक बनेर उसलाई त केही गर्न सक्दैनौँ, त्यसैले आप्mनै सम्पत्ति तोडफोड गर्छौँ हृतिक रोशन काण्डमा झैं, र आक्रोशलाई निकास दिन्छौँ।

कुनै अर्धशिक्षित र असभ्य राजनीतिज्ञलेअथवा सामान्य ज्ञानको कमी भएको बलिउडको कुनै कलाकारले नियतवश, अज्ञानतावश, धूर्ततावश, मूर्खतावश, क्षुद्रतावश, दुष्टतावश, जेसुकैवश किन नहोस्,‘अरे नेपाल तो अपना हि है’ अथवा ‘माउन्ट एभरेस्ट हमारा है’ अथवा ‘बुद्ध भारत के हैं’ भनेर कतै बोलिदिनासाथआफ्नै सार्वजनिक सम्पत्ति तोडफोड गर्ने वा सामाजिक सञ्जालमा समय र श्रम बर्बाद गर्ने कार्यबाट जानेर वा नजानेर हामीले सबा अर्ब भारतीय सबैमाथि नै संधैँ निर्भर रहनुपर्ने त बनाएका छैनौँं आफूलाई? यता पनि सोचौंँ ।आखिर सबा अर्ब उनीहरूप्रत्येकले किन ग्यारेन्टी बसिदिनुप¥यो,भारतका आधिकारिक व्यक्ति÷पदाधिकारी र अन्तर्राष्ट्रिय जगतले नेपाल स्वतन्त्र राष्ट्र हो, सगरमाथा नेपालमै छ, बुद्ध लुम्बिनी (नेपाल)मै जन्मेका थिए भनेर भने÷माने पुगेन?

समाधान
मुख्य कुरा,हामीले विकास गर्नुप¥यो र भारतमाथिको निर्भरता घटाउँंदै लानुपर्याे यसो गर्न सक्यौँं भने कीर्ति आजाद त के, दिल्लीका शासकले पनि हामीलाई हेप्न, हामीउपर कुदृष्टि लाउन सक्दैनन् । निर्भरता घटाउनेमात्र होइन, विकास गरेर सम्बन्धलाई यथाशक्य परस्पर निर्भरताको स्थितिमा पुर्यायाउनुपर्याे र सम्बन्धबाट अधिकतमलाभ लिनुप¥यो। हाम्रो अस्तित्व र स्वाभिमानको सबभन्दा गतिलोे बिमा यही हो र यही हुनेछ, सडक, चियापसल, सामाजिक जमघट र सामाजिक सञ्जालमा उम्लेर पोखिने राष्ट्रियताभन्दा। राष्ट्रवाद, राष्ट्रियता, लम्पसारवाद आदि शब्दाबलीलाई चुनावको नारा र दलीय प्रतिस्पर्धाको विषय बनाउनु भएन, विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुप¥यो । त्यहीबमोजिम सबले अडान लिनुप¥यो। त्यसो भएमा पारिका केही कीर्ति आजादहरूले केहीगर्न सक्दैनन् किनकि त्यस अवस्थामा उसका अनुयायीहरू यहाँ हुने छैनन् या भए पनि निस्तेज र नगण्य भइसकेका हुनेछन् । पराईलाई फाइदा पुग्नेगरी आन्तरिक विभाजन, आन्तरिक असन्तुष्टि र अस्वस्थ आन्तरिक प्रतिस्पर्धा नगरौँ, गर्न नदिंउँ, त्यति भए पुग्छ। हीनभावनाले अनावश्यक मुखरतालाई जन्म त दिन्छ, समस्याको समाधान गर्दैन र हामीलाई सुरक्षित र शक्तिशाली पनि बनांउँंदैन।

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App