८ वैशाख २०८१ शनिबार
कला

जापानी फिल्म कान्समा उत्कृष्ट

जापानी निर्देशक हिरोकाजु कोर–एडा फ्रान्सको ७१ औं ‘कान्स फिल्म फेस्टिभल’मा प्रतिष्ठित ‘पाल्मे डी ओर’का साथ । शनिबार राति सम्पन्न फेस्टिभलमा उनको फिल्म ‘सपलिफ्टर्स’ले यो अवार्ड जितेको हो । तस्बिरः एजेन्सी

पेरिस – गरिबीको चेपटामा जीवनयापन गर्दै आएको एक परिवारको कथा समेटिएको जापानी फिल्म ‘सपलिफ्टर्स’ले कान्सको ७१ औं संस्करणमा उत्कृष्ट फिल्मले पाउने ‘पाम डी ओर’ पुरस्कार जित्न सफल भएको छ । जापानी निर्देशक हिरोकाजु कोर–एडा निर्देशित फिल्मले परिवार के ले बन्छ भन्ने कुरालाई रोचक तरिकाले प्रस्तुत गरेको छ ।

कान्स सुरु हुँदै गर्दा यो पटक कुनै महिला निर्देशकले निर्देशन गरेको फिल्मले उत्कृष्ट फिल्मको अवार्ड लैजाने अनुमान गरिएको थियो । यो साल तीन महिला निर्देशित फिल्म प्रतिस्पर्धामा थिए र प्रतियोगिताभरी नै यौन उत्पीडनको मुद्दाले प्राथमिकता पाएको समयमा यिनै तीनमध्ये एकको फिल्म उत्कृष्ट हुने अनुमान थियो । यो अनुमानलाई बल पु¥याएको थियो केट ब्लान्चेटले नेतृत्व गरेको जुरीले जहाँ ५ महिला र ४ पुरुष निर्णायक समितिमा थिए।

अमेरिकी निर्देशक स्पाइक लीको नस्लवाद विरोधी फिल्म ‘ब्लैककैंसमैन’ले ‘ग्रान्ड प्रिक्स’ पुरस्कार सुरक्षित ग¥यो । ‘कान्स यो फिल्मको प्रदर्शनका लागि उपयुक्त ठाउँ थियो । म आशा गर्छु कि फिल्मले हाम्रो चेतनालाई झकझक्याउन प्रेरित गर्छ । फिल्मले दर्शकलाई सत्य, परोपकार र प्रेमको बाटोमा हिंड्न प्रेरित गर्नेछ ’ पुरस्कार लिँदै निर्देशक लीले भने ।फेस्टिभलमा लेबनाली फिल्मकर्मी नाडिन लबाकीको फिल्म ‘केपरनोम’ले ‘जुरी पुरस्कार’मा चित्त बुझायो । फिल्मले बेरुतको झोपडपट्टीमा हुर्किएका बालबालिकाको कथालाई प्रस्तुत गरेको छ।

फेस्टिभलमा पोल्यान्डका पावेल पावलिकोवस्कीले फिल्म ‘कोल्ड वार’का लागि ‘सर्वश्रेष्ठ निर्देशक’को अवार्ड चुमे । प्यारालाल कान क्रिटिक्स वीकमा फ्रान्सिसी–भारतीय फिल्म ‘सर’ ले ‘गान फाउन्डेसन अवार्ड फर डिस्ट्रिब्यूशन’ पुरस्कार पायो । नवनिर्देशक रोहेना गेराद्वारा निर्देशित यो फिल्मले मुम्बईको एक धनी युवा र उसको घरेलु महिला सहायकको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा विवेक गोम्बर र तिलोत्तमा सोमले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।फेस्टिभलमा फिल्म ‘डगमेन’का लागि इटालियन कलाकार मार्सेलो फोन्तेले ‘सर्वश्रेष्ठ अभिनेता’को अवार्ड दिइयो । अभिनेत्रीतर्फ कजाकिस्तानकी सामल येस्लियामोवालाई फिल्म ‘आइका’का लागि ‘सर्वश्रेष्ठ अभिनेत्री’को अर्वाड जितिन्।

अभिनेत्री केट ब्लेन्चेटले ‘एक्सेप्शनल स्पेशल पाम डोर पुरस्कार’का लागि जीन–लुक गोडार्डको नाम लिँदा फिल्म ‘द इमेज बुक’का निर्माताद्वय मित्रा फरहानी र फेब्रिस अरग्नोले गोडार्डको तर्फबाट यो पुरस्कार ग्रहण गरे । फिल्म ‘ह्याप्पी एज लाजारो’का लागि इटालियन लेखक तथा निर्देशक एलिस रोहरवाकर र फिल्म ‘३ फेसेस’का लागि इरानी निर्देशक–पटकथा लेखक जफर पनाही र नादेर सेइवरले संयुक्त रुपमा ‘सर्वश्रेष्ठ पटकथा’को पुरस्कार पाए । जफर पनाही तिनै फिल्मकर्मी हुन् जसलाई इरानी सरकारले फिल्म बनाएबापत देशबाहिर निस्कन नपाउने आदेश जारी गरेको छ ।


 

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App