८ वैशाख २०८१ शनिबार
खेल

युरोपा लिगको उपाधि एथ्लेटिको मड्रिडलाई

काठमाडौं – एन्टोनीयो ग्रीजम्यानको दुई तथा गावीको एक गोलको मद्दतमा मार्सेललाई ३–० ले पराजित गर्दै एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको उपाधि कब्जा गरेको छ।

प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा ग्रीजम्यानले खेलको २१ र ४९ औं र गावीले ८९ औं मिनेटमा गोल गरेका थिए।

योसँगै एथ्लेटिको मड्रिडले तेस्रो पटक युरोपा लिग फुटबलको उपाधि जितेको हो। यसअघि उसले  सन् २०१० र २०१२ मा पनि उपाधि जितेको थियो।

प्रकाशित: ३ जेष्ठ २०७५ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App