"

महाथिरले अन्वार इब्राहिमलार्इ जेलबाट बाहिर निकाले, सजाय माफी

बुधबार, ०२ जेठ २०७५, २२ : १९ एजेन्सी


क्वालालम्पुर- मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन्। गुदमैथुनको अभियोगमा जेल परेका  इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो। 

उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका शुभेच्छुकले खुशीयाली मनाउँदै -याली निकालेका थिए। कालो कोटमा देखिएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार गएको थियो भने सञ्चारकर्मीले उनलाई लगातार पछ्याइरहेका थिए। 

राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उनलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका थिए। थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताए। 

उनलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो। उनलाई सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो। 

आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताएका थिए। 

सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका थिए। उनीहरूको मोर्चाबन्दीबाट बनेको पकाटन हरापन गठबन्धनले गत हप्ता भएको आमनिर्वाचनमा जित हासिल गरेको थियो। 

निर्वाचनमा विजयी भएसँगै गठन भएको नयाँ सरकारको प्रधानमन्त्री बनेका महाथिरले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन्।

९२ वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताएका छन्।

यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिएका माहाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै फेरि राजनीतिमा फर्किएका हुन्। 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...