६ वैशाख २०८१ बिहीबार
समाज

राजधानीमै नक्कली पैसा छाप्ने मेसिन!

पत्रकार सम्मलनमा एसएपी पोखरेल। तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ – दुई करोड ६० लाख ६३ हजार नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पक्राउ पर्नेमा प्रकाश सुवेदी, महेन्द्र बोगटी, माधव वाग्ले, विकेस नातिफ, साजन तामाङ र सुजित तामाङ पक्राउ परेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

उनीहरुलाई लुभु, नक्साल र कमलपोखरीबाट पक्राउ गरेको हो। उनीहरुलाई महानगरीय प्रहरी परिसरले पक्राउ परेकाहरुलाई साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। पक्राउ परेका मध्ये वाग्ले चलचित्र निर्माता समेत हुन्। उनले चलचित्र सुटिङको लागि पैसा जम्मा पारेको बताएका छन्। पत्रकार सम्मेलनमा प्रहरी लैजाँदै गर्दा आफुलाई फसाइएको उनले बताए। उनीहरुलाई अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ।

यसरी पक्राउ परे कारोवारी

मित्रनगरको एक रेष्टुरेन्टमा सुर्खेत घर भएका महेन्द्र बोगटीले खाजा खान्छन्। उनले हजार हजारका नोट निकालेर रेष्टुरेन्टको विल तिर्छन्। तर रेष्टुरेन्टका साहुलाई उनले दिएका नोटबारे शंका लागेपछि वरपार्क प्रहरीलाई खबर गर्छन्। त्यसपछि बोगटी पक्राउ पर्छन्। प्रहरीले बोगटीको साथबाट १ लाख २० हजार बरामद गरेको थियो।

बोगटीको कनेक्सन 'फलो' गर्दै जाँदा प्रहरीले लुवुबाट साजन तामाङ र सुजित तामाङलाई पक्राउ गर्छ। उनीहरुको साथबाट प्रहरीले ७ लाख ४३ हजार बरामद गर्यौ। यसरी नै प्रहरीले चलचित्र निर्माता माधव वाग्लेलाई पक्राउ गर्यौ। प्रहरीले बाग्लेको साथबाट २ करोड ५२ लाख बरामद गरेको थियो।

पक्राउ पर्दै जाँदा काठमाडौंमै पैसा छापिएको थाहा पाएपछि प्रहरी नै झस्कियो। नवज्योती प्रिन्टिङ प्रेसका प्रकाश सुवेदीले जय भोले प्रेसका विकेस नाफितलाई पैसा छाप्न दिएको प्रहरीले फेला पार्यौ। यसरी खोज्दै जाँदा प्रेसबाट प्रहरीले पैसा छाप्न बनाइएका ४ वटा प्लेट र मेसिन समेत बरामद गरेको छ।  

 

प्रकाशित: २ जेष्ठ २०७५ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App