७ वैशाख २०८१ शुक्रबार
अर्थ

बागवानीको आँप र लिच्ची ठेक्का लाग्यो

सर्लाही– जिल्ला स्थित मुलुककै सबैभन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्रमा फलेकोे आँप र लिच्ची ठेक्का लागेको छ । आँप ८० लाख रुपैंया तथा लिच्ची १२ लाख ५१ ह्जार ५५१ रुपैंयामा ठेक्का लागेको बागवानीका निमित्त प्रमुख भाग्यनारायण झाले जानकारी दिए । ‘यसवर्षका लागि आँप र लिच्ची बोटमै ठेक्का लागेको छ’, उनले भने, ‘अब सम्बन्धित ठेकेदारले नै आँप र लिच्ची बेच्छन्।’

 आँपको ठेक्का बासाकोटी कन्ट्रक्शन भक्तपुर तथा लिच्ची अंगद पासवानको नाममा परेको छ । आँपको ७९ लाख तथा लिच्चीको १२ लाख रुपैंया न्यूनतम मुल्य रहेकामा केही रकम बढेर मात्र ठेक्का परेको छ । दुईवटैशिर्षकमा ३–३ वटा टेण्डर दर्ता भएको र सबैभन्दा बढी कबोल गर्नेलाई स्वीकृत गरिएको निमित्त प्रमुख झाले जानकारी दिए । आँप गतवर्ष भन्दा ५० रुपैंया कममै ठेक्का लागेको छ भने लिच्चीमा थोरै रकम वृद्धि भएको छ ।बागवानीमा ११२ विगाह क्षेत्रफलमा ४२ जातका आँप तथा १३ विगाहमा ९ जातका लिच्चीका बोटहरु रहेका छन्।
 

प्रकाशित: २ जेष्ठ २०७५ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App