८ वैशाख २०८१ शनिबार
राजनीति

भारतीय दूतावास अगाडि नेवि संघको प्रदर्शन (फोटो/भिडियो)

काठमाडौँ- नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ। विरोधमा भारतीय राजदूतावास लैनचौर अगाडि संघका विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरे।  नेविसंघका अध्यक्ष नैनसिंह महर नेतृत्वको टोलीले दूतावास नजिकै प्रदर्शन तथा कोणसभा आयोजना गरी आजादको भनाईको विरोध गरे। कोण सभामा बोल्दै महरले अरुण तेस्रो कुनै दिर्घकालिन योजना विपरित भारतलाई दिनु राष्ट्रघात भएको बताए। कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विदेशी हस्तक्षेपलाई निम्त्याएको उनको आरोप थियो।

भारतीय सांसद आजादले जनकपुरलाई भारत फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिबारे माफि मागव्नु पर्ने र उनलाई कारवाही गर्नु पर्ने महरले माग गरे। विद्यार्थी नेताहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भारतीय सेनालाई ल्याएर नेपाली सुरक्षाकर्मीको  मनोबल गिराउने काम भएको बताए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App