coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मोदीको चाकरी दौडमा प्रधानमन्त्री ओली पहिलो नम्बरमा देखिनु भयो : प्रदीप पौडेल

काठमाडौं-  नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा नाकाबन्दीबारे नबोलिनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले भने, 'भारतीय नाकाबन्दी जनताले विर्सिएका छैनन्', 'मोदी भ्रमणको समयमा कुरा हुनुपथ्यौं।' उनले दुई दुई ठाउँमा नागरिक अभिनन्दन केका लागि भन्दै प्रश्न गरे। जनताले नाकाबन्दी विर्सेर अभिनन्दन गर्न नसक्ने उनको भनाई छ।

भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री केपी ओलीको अडान सहि भए पनि अहिले आएर त्यो अडान लत्रिएको उनको भनाई छ। 'त्यतिबेला ओली जी भारत भ्रमण जाँदा नै नाकाबन्दीबारे प्रश्न नगरेपछि हामीलाई शंका लागेको थियो', उनले भने 'उहाँको असलीरुप देख्न मोदीको नेपाल भ्रमणनै कुर्नु पर्यौ।

भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री केपी ओलीको अडान सहि भए पनि अहिले आएर त्यो अडान लत्रिएको उनको भनाई छ। 'त्यतिबेला ओली जी भारत भ्रमण जाँदा नै नाकाबन्दीबारे प्रश्न नगरेपछि हामीलाई शंका लागेको थियो', उनले भने 'उहाँको असलीरुप देख्न मोदीको नेपाल भ्रमणनै कुर्नु पर्यौ।' नाकाबन्दीको समयमा लिएको अडानको कारण एमालेको १० देखि १५ प्रतिशत मत बढे पनि त्यसलाई जोगाउन नसकेको पौडेलको भनाई छ। ओलीको भारत भ्रमणकै समयमा उनको राष्ट्रवादको मुखुन्डो नक्कली हो भन्ने भने पनि त्यतिबेला जनताले नपत्याएको उनको भनाई छ।

प्रधानमन्त्री ओलीले मोदीको असोभनीय चाकरी गरेको उनको बुझाई छ। 'भारतीय सरकारको चाकरी दौडमा ओली पहिलो नम्बरमा देखिनु भयो', पौडेलले भने , 'अहिलेसम्मको तिक्तता भुलेर भ्रमण सफल भयो भन्न सकिँदैन। नाकाबन्दीबारे उहाँले प्रश्न गर्न सक्नुपर्थ्यौ।' मोदीले नाकाबन्दी भारतको गल्ती थियो भन्नु पर्ने उनको भनाई छ।

मोदीको भ्रमणको क्रममा भारतीय सुरक्षाकर्मीलाई निम्त्याएर नेपाली सुरक्षाकर्मीको क्षमतामाथी प्रश्न चिन्ह उठाइएको उनले बताए। 'यो गतल भयो। नेपाली सुरक्षाकर्मीले शान्ति मिसनमा सफल काम गरेका छन्', 'हाम्रो पाहुनाको सुरक्षा गर्न हामी सक्षम छौं भन्न नसक्नु सरकारको कमजोरी हो।'

भारतले सिधै प्रदेश सरकारलाई एक अर्व सहयोगको घोषणा गर्नु अस्वभाविक भएको पौडेलको टिप्पणी छ। 'एउटा विधि अनुसार सहयोग आउनु पर्छ', उनले भने। ओलीजीले लगाएको राजस्थानी पोषाक पनि अस्वभाविक भएको पौडेलको टिप्पणी छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो देशको समस्या भारतीय प्रधानमन्त्रीसँग राख्नु कूटनीतिक मर्यादा विपरित भएको उनले बताए। उनको त्यो भनाई मुख्यमन्त्रीको जिम्मेवारी विपरित भएको पौडेलको भनाई छ।

अरुण तेस्रो आयोजना २०५१ मा ८० प्रतिशत अनुदान र २० प्रतिशत राष्ट्रिय लगानीमा बनाउने भन्दा विरोध गर्ने एमालेले अहिले २४ वर्षपछि भारतीय कम्पनीलाई ठेक्का दिएर राष्ट्रघात गरेको टिप्पणी गरे। आयोजनाले उत्पादन गर्ने विद्युत प्रयोगबारे समेत प्रष्ट नभएको भन्दै सम्झौताबारे नेपाली जनाताले जानकारी पाउनु पर्ने बताए। यो सम्झौता ओली जी भन्दा अरुले गरेको भए उहाँले के उपलब्धि देख्नुहुन्थ्यो भन्दै प्रश्न गरे।

 

प्रकाशित: १ जेष्ठ २०७५ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App