४ वैशाख २०८१ मंगलबार
प्रवास

पत्रकार महासंघ यूकेको अधिवेशनमा अध्यक्ष र महासचिव लण्डन आउने

लन्डन- नेपाल पत्रकार महासंघ यूके शाखाको आगामि शनिवार हुने चौथो अधिवेशनमा भाग लिन केन्द्रिय नेताहरु लण्डन आउने भएका छन् । अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लण्डन आउन लागेका हुन् । 

शाखाको नयाँ नेतृत्वको समेत चयन सो अधिवेशनको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । शाखाको निर्वाचन समितिमा आइतवार  उम्मेदवारहरुले आआफ्नो नाम मनोनय  गराएका छन् । जसमा ध्रुवराज अर्याल र नरेश अपांगी मगरले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र श्याम लुइटेलले उम्मेदवारी परेको छ । उपाध्यक्षमा खेमराज रानाभाट र लीलामान सेयरपुजा तथा महासचिवमा नरेन्द्र बस्नेत, सञ्जयबहादुर कडेल, विमला सेन र खुशीमान तावा लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवमा शिव भण्डारी, जग्गनाथ कार्कीको नाम परेको छ । कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ र सिद्धार्थबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । सहकोषाध्यक्षमा भने रोशन ‘विनोद’ को मात्र उम्मेदवारी परेको छ । यस्तै सदस्यहरुमा बोमबहादुर थापा, नरेश काङवाङ राई, सुरेन्द्र इंगनाम, तीर्थबहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वदिप लिम्बु ‘तिगेला’ नरेन्द्रराज नेम्वाङ र जीवन सेनको उम्मेदवारी परेको छ ।

यसअघि शाखाको निर्वाचनको लागि पत्रकार महासंघ केन्द्रले   ९७ जनाको नाम स्वीकृत गरेर पठाए पनि सदस्यता सम्वन्धि विवाद भने यथावत रहेको छ । शाखाको सदस्य बन्नको लागि आवेदन दिएका मध्य १९ जनाको सदस्यता भने केन्द्रिय प्रतिनिधीको उपस्थितमा  निर्णय गर्ने गरि निर्वाचनको प्रकृया अघि बढाइएको हो । अध्यक्ष आचार्य र बिष्टको उपस्थितिमा विवाद टुंग्गाउने गरि उम्मेदवारी फिर्ता लिने समय आगामि विहीवार सम्मको लागि थप गरिएको निर्वाचन समितिले जनाएको छ । केन्द्रिय प्रतिनिधीको उपस्थितमा सर्वसम्मत नेतृत्व समेत चयन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित: ३१ वैशाख २०७५ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App