coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शंकास्पद वस्तु सेनाले हटायो

शंकास्पद वस्तु डिस्पोजल गर्दे नेपाली सेना । तस्बिर : नागरिक

बैतडी– सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले हटाएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्ट पार्टीले आह्वान गरेको बन्दका दिन दोगडाकेदार गाउँपालिका–३, तारलास्थित महाकाली राजमार्गमा झुक्याउन कपडामा बेरेर शंकास्पद वस्तु राखेको थियो। 

सडकको बीचमा आइतबार बिहान ७ बजेतिर रातो कपडाभित्र ढुंगाले छोपेर शंकास्पद वस्तु राखिएको थियो। शंकास्पद वस्तुको पहिचान नभएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको हो। दुइवटा शंकास्पद वस्तु भेटिँदा जोखिम मोल्न नसकिने भएपछि नेपाली सेनाले डिस्पोज गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

सडकमा बम राखेको हल्लापछि दिउँसो २ बजेसम्म महाकाली राजमार्ग (सतबाँझ–दार्चुला) सडकखण्ड अवरुद्ध भएको थियो। सडकमा राखेको शंकास्पद वस्तु जिम्मेवारी कसैले पनि लिएको छैन्।

प्रकाशित: ३० वैशाख २०७५ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App