८ वैशाख २०८१ शनिबार
खेल

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

अछाम– प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो। 

टस जितेर ब्याटिङ गरेको साँफेबगर नगरपालिकाले निर्धारित १५ ओभरको खेलमा नौ विकेट गुमाउँदै १०४ रन बनायो। एक सय पाँच रनको विजय लक्ष्य पछ्याएको मङ्गला विकास क्लबले ११ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र बनायो। म्यान अफ द म्याच साँफेबगरका मनिस कुँवर घोषित भए।  

उपाधिसँगै साँफेबगरले रु ७७ हजार ७७७, मेडल तथा प्रमाणपत्र प्राप्त ग-यो। उपविजेता मङ्गला विकास क्लबले रु २५ हजार पुरस्कार पायो। प्रतियोगिताको म्यान अफ द सिरिज मङ्गला विकास क्बलका सागर भण्डारी भए। मङ्गला विकास क्लबका अध्यक्ष गणेशबहादुर रावल, जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: ३० वैशाख २०७५ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App