७ वैशाख २०८१ शुक्रबार
प्रवास

वेलायतमा नेपाल झल्किने मेला (फोटो सहित)

बाल्टिमोर (अमेरिका)— ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ तमुधिं युकेको आठौं नेपाली मेला सम्पन्न भएको छ।  नेपाली समुदायबीच लोकप्रिय सो मेला हेर्न बेलायतका बिभिन्न क्षेत्रका नेपालीहरुको घुइचो लागेको थियो। लण्डनस्थित केम्पटन पार्कमा आयोजित मेलमा नेपाली कला सांस्कृति झल्किने भेषभुसा लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

सहभागी संघसंस्थाले आ–आफ्नो जातीय, क्षेत्रीय र भेगीय संस्कृति झल्कने झाँकी तथा नृत्य प्रस्तुत् गरेका थिए। युवाहरुको तर्फबाट ५ वटा ब्यान्डले आफ्नो गीत तथा संगीत प्रस्तुत गरे।

करिब तीन दर्जन सामाजिक संघसस्थाहरुले मेलामा सहभागिता जनाएका थिए। सहभागी संघसंस्थाले आ–आफ्नो जातीय, क्षेत्रीय र भेगीय संस्कृति झल्कने झाँकी तथा नृत्य प्रस्तुत् गरेका थिए। युवाहरुको तर्फबाट ५ वटा ब्यान्डले आफ्नो गीत तथा संगीत प्रस्तुत गरे। झाँकी र नृत्य दुवैमा उत्कृष्ट हुने संघसंस्थालाई  दिइने एकहजार एक सय पाउण्डको एम्बासडर कप लमजुङ समाज यूकेले हात परेको थियो। मेलामा नेपाली खाना, झाँकी, च्यारिटीका स्टल, ब्रिगेड अफ गोर्खाज लगायतको प्रस्तुतिले सहभागिहरुले अर्कषण गरेको थियो।

करिब ८ हजार दर्शक उपस्थिति रहेको मेलामा नेपाली दूतावास लण्डनको सक्रियतामा विभिन्न २० वटा देशका कुटनीतिक नियोकका प्रम्खहको उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरनले विदेशमा नेपाली समूदायले आफ्नो कलासास्कृतिको प्रर्वधनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। गत महिना मात्र आफ्नो कार्यभार समाल्न लन्डन आएका उनले पहिलो पटक बिदेशमा सिंगो नेपाल देखेको उल्लेख गरे।

मेलामा बेलायती सांसदहरु, बोस्निया एण्ड हर्जगोभिना, सेनेगल, म्यानमार, गुयना ग्वाटेमाला, मंगोलिया, निकारागुवा, हैटी, अफगानिस्तान, अर्मा्निया, साल्भाडोर, श्रीलंका, म्यासेडोनिया, बेलिज, सेसेली लगायत देशका नियोग प्रम्खको उपस्थिति थियो।  
 
संस्थाका महासचिव हरि गुरुङले सञ्चालन गरेको कार्यक्रममा मेला आयोजक समितिका संयोजक नन्दजंग गुरुङ, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर काउन्सिलर भगवानजी चोहान सांसद डा।गणेश गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए।

तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङले मेला सफल पार्न सहयोग गर्ने नेपाली दूतावास लन्डन, बिभिन्न देशका कुनीतिक नियोग लगायत बेलायतस्थित नेपाली समूदाय प्रतिअभार ब्यक्त गर्दै धन्यवाद दिए।

तस्बिर शौजन्य: मिलन तमु

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App