coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

नेपालगन्जको धम्बोझी चोकमा शनिबार गरिएको बिरोध प्रदर्शन । तस्बिर : नागरिक

नेपालगन्ज– भारतले नेपालमाथि लगाएको नाकाबन्दीको स्मरण स्वरुप नेपालगन्जमा शनिबार प्रदर्शन गरिएको छ। स्थानीय धम्बोझी चोकमा स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशील साझा र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध आयोजना गरेका थिए। 

सहभागीले नेपाली र हिन्दी भाषामा लेखिएका ‘मोदी जी स्वागत छ, तर नाकाबन्दी बिर्सेना छैनौं’, ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’ जस्ता प्लेकार्ड बोकेका थिए। प्रतिपक्षमा रहँदा आफूलाई राष्ट्रवादी बताउने केपी शर्मा ओलीले अहिले राष्ट्रघाती काम गरेको प्रदर्शनमा सहभागीको आरोप छ। मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जनकपुर र काठमाडांैको चाबी हस्तान्तरण गरेर राष्ट्रघाती काम गरेको भन्दै आपत्ती जनाए।

प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा भारतीय सञ्चार माध्यमले मुक्तिनाथ मन्दिरको निषेधित क्षेत्रमा फोटो खिच्ने र प्रत्यक्ष प्रशारण गरेको भन्दै आक्रोश पोखे। नेपालका सञ्चार माध्यमलाई उपेक्षा गरेर भातीय सञ्चार माध्यमलाई मोदीको कार्यक्रममा प्रवेश गर्न दिइएको भन्दै सरकारको आलोचना पनि गरिएको छ। कोण सभामा विवेकशिल साझा पार्टीका डा. विनोद कर्ण, नयाँ शक्ति पार्टीका युवा नेता टंकप्रसाद धमला लगायतले बोलेका थिए। 

प्रकाशित: २९ वैशाख २०७५ १४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App