६ वैशाख २०८१ बिहीबार
राजनीति

सीपी गजुरेलसहित वैद्य माओवादीका २९ जना रत्नपार्कबाट पक्राउ

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गुजरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध गरेको आरोपमा उनीहरुलाई रत्नपार्कबाट शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो। 

मोदीको अभिनन्दनविरुद्ध उनीहरुले रत्नपार्कमा विरोध सभा नै आयोजना गरेका थिए। उनीहरुलाई सभा गरिरहेकै अवस्थामा नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए।

गजुरेलसहित पक्राउ परेका २९ जनालाई परिसरको हिरासतमा राखिएको छ।

मोदी विरोधी गतिविधि नियन्त्रण गर्ने भन्ने आदेशअनुसार उनीहरुलाई नियन्त्रण लिइएको परिसरले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७५ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App