७ वैशाख २०८१ शुक्रबार
समाज

खिलुङ कालिका एग्रो फर्ममा बम प्रहार

भिरकोट नगरपालिका–६ मा सञ्चालित कालिका एग्रो फर्म ।

स्याङ्जा– भिरकोट नगरपालिका–६ मा सञ्चालित कालिका एग्रो फर्ममा बुधबार राति बम विस्फोट भएको छ। घटनास्थलमा कुकर बमको टुक्रा फेला परेको तर यकिन नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर, प्रेसर कुकर बम नभई अन्य कुनै पनि भाँडा हुने सक्ने भएकोले अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

बिस्फोटबाट फर्म पछाडि राखिएको दुई वटा जेनेरेटर र जेनेरेटर राखिएको भवनमा क्षति पुगेको स्याङ्जाका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए। जेनेरेटरको खाली भाग पट्टी हावा पास हुने जालीमा प्वाल परेको भएपनि ठूलो क्षति नभएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। 

घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन्। बम कस्ले र किन विष्फोट ग¥यो भन्ने बारेमा खुल्न सकेको छैन भने कसैले जिम्मा पनि लिएको छैन्। फर्मका कार्यकारी निर्देशक शोभाकान्त ढकालले विस्फोटबाट करिब ३५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरे। सेक्युरिटीसहित करिब जनाको टोली बस्ने भएपनि कस्ले बम प्रहार ग-र्यो भन्ने जानकारी नभएको उनले बताए। 

गत शुक्रबार फर्मले आँधीखोलामा सुली मिसाएपछि स्थानीय आक्रोश बनेका छन्। पर्यावरणप्रति जिम्मेवारी नभएको भन्दै दोषीलाई कानूनको दायरामा ल्याउन स्थानीयले माग गरेका छन्। कुखुराको सुली आँधीखोलामा मिसाउँदा करिब चार लाख जलचर मरेका थिए। आँधीखोलाको पानी स्थानीयले प्रयोग गरेका छैनन्। घटनाको प्रतिवेदनका लागि प्राविधिक टोली खटिएतापनि हालसम्म कुनै रिपोर्ट आउन सकेको छैन्। 

यसअघि नेत्रविक्रम चन्द नेतत्वको नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहले फर्म स्थापना गैरकानूनी भएको बताएको थियो। घटनाका बारेमा नेकपाका नेता विवेक भण्डारीले घटनाबाट आक्रोशित जनताले घटना घटाएको हुन सक्ने बताए। 

प्रकाशित: २७ वैशाख २०७५ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App